Skip to content

कोहलपुरमा साहित्यिक अन्तर्कृया सम्पन्न


९ चैत्र, २०७१
कोहलपुर

“हिउँदे बतासको लैबरीमा
थपडि बजाइरहेछन् चिउरीका पातहरू
भर्लेनि पाखामा कोरस आलापिरेहछन्
एकहुल हलेसोका बथान
आमा रुखबाट गीतका हरफहरू खसाइरहेछिन् ।…..”

सधै गजलमय रहदैं आएको कोहलपुरको साहित्यिक माहोल सोमबार भने कवितामय भयो । नेपालका चर्चित कवि हेमन यात्रीसँग अन्तरक्रिया गर्न पूर्णिमा साहित्य प्रतिष्ठानको हलमा जम्मा भएका कोहलपुरले श्रष्टाहरूले कवि यात्रीलाई तीन घण्टासम्म सुने । यसबीच उनले आफ्ना जर्दनौ कविताहरू वाचन गरेर सुनाउदै गए, कोहलपुरे श्रष्टाहरू सुन्दै गए ।

“एक्लै हिड्दै साँझमा
पर्वतले सिगरेट तानेर
उडाएको बादलको जुलुसमा
जब होमिएर गयौ तिमी ।….”

आफूले चाहेर पनि गजल लेख्न नसकेको भन्दै कवि यात्रीले गजललाई आफ्नो हुन नसकेको श्रीमतीको संज्ञा दिए । तर गजललाई प्रेमिकाको रुपमा सधै हेर्ने गरेको बताए । कोहलपुरका श्रष्टाहरूसँग अन्तरक्रिया गर्ने क्रममा कवि यात्रीलेपछिल्लो समय यस क्षेत्रका साथै पूर्वि नेपालमा हुंदै आएका साहित्यिक गतिविधिका बारेमा जानकारी लिएका थिए । अनौपचारिक रुपमा संचालन गरिएको अन्तरक्रिया कार्याक्रममा कवि यात्रीले नेपाली परिवेशमा कविताले पार्ने प्रभाव र यसको भविष्यको बारेमा प्रष्ट पारेका थिए । यसका अतिरिक्त पछिल्लो समय पश्चिम नेपालमा हुंदै आएका साहित्यिक गतिविधिका बारेमा समेत छलफल भएको थियो ।

यस क्षेत्रमा साहित्यिक गतिविधि संचालन गर्दै आएको पूर्णिमा प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई कोहलपुरमा भित्राउदै आएको छ । यसैबीच कवि यात्रीले गजल तथा कविताका बारेमा आएका विभिन्न जिज्ञासाहरू मेटाउने क्रममा विज्ञताबिनै साहित्यमा प्रबेश गरेका व्यक्ति विशेषका कारण नेपाली साहित्य खल्लो हुंदै गएको बताए । शब्दलाई खेलाउन सक्ने व्यक्तिले जुनसुकै विधामा कलम चलाउन सक्ने भन्दै कवि यात्रीले भाषिक कठिनाईका कारण रचना पूर्ण हुन नसकेको बताए ।

तीन घण्टे बसाईमा यात्रीले आफ्ना उत्कृष्ठ कतिाहरू सुनाएका थिए । साथै अन्य श्रष्टाहले समेत आफ्ना रचनाहरू सुनाएका थिए । कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका सागर गैरै, पुस्कर रिजाल, कपिल अञ्जान, बद्रि ढकाल, हुकुम धड्कन, देवेन्द्र आचार्य लगाएत स्थानीय श्रष्टाहरूको बाक्लो उपस्थितिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *