कलानिधि दाहाल
अनलाइन वार्ताको सँगालो
नेपाली साहित्यको इतिहासमा एउटा फरकखालको कृति देखापरेको छ -‘स्रष्टा र डिजिटल वार्ता’ विविध कारणले देशबाट बाहिरिनु परेका, अलगखालको वातावरण अवलम्बन गर्नुपरेका, अलग संस्कृति र संंस्कार धारण गर्नुपरेका, अनेकौँ फरक किसिमका अप्ठेरासँग जुध्नुपरेका, आचरण, धर्म र स्वभावसमेत कारणवश भिन्न अपनाउनुपरेका असङ्ख्य नेपालीहरूका पीडा, खुसी दुबैलाई छर्लङ्ग पार्ने सैद्धान्तिक आधारसमेत प्रस्तुत गर्दै देखापरेको छ-यो कृति ।
