बोली उनै हार्दिकता वनाका
बने सरी डोब छिनाछिनाका
समाज उस्तै सब सास्ती उस्तै
सधैँ-सधैँ कर्कशकाल जस्तै ।।

खाऊँ र लाऊँ अनि मोजमस्ती
गरुँ, भनी थोपरी धेर सास्ती ।
छन् दुःख सादा यिनमै अगम्य
भने, यी चाला किन ल्यूँ अचम्म ??

समाज छाडी प्रकृति पलामा
उन्मुक्त उड्द्यूँ म कला-कलामा ।
म पातझैँ हौँ प्रणयी पलामा
र कोयली सङ्गीतका गलामा ।।

झर्ना झरुँ झर्झर आँकुरामा
हल्कूँ तरुझैँ नवटाकुरामा ।
शाखा सधैँ यौवनाका फिजाऊँ
र, दुःखलाई म सधैँ गिज्याऊँ ।।

न झोरझञ्झा न त रापताप
सधैँ समाधिमयका ललाट ।
न कोही छन् आसनका विलास
न कोही छन् बेसुरका गिलास ।।

भए सबै छन् उही रूप उस्तै
रित्ते सबै रित्तिनुमा दुरुस्तै
छ सानुको शान पनि सबैमा
छहारी जम्मै सबका सबैमा ।।

त्यहीँ छ सारा दुःखको विनाश
भने यता यो किन अदृहाँस ?
जाऊँ कि ल्याऊँ प्रकृति उठाई
भन्दै छ मेरी मन मुस्कुराई ।।

शनिबार, गोरखापत्र
पुस २, २०६८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *