Skip to content

राजेश रुम्बा लामा

मलाई विश्वास छ

  • by

अलिकति आक्रोश
अलिकति उत्तेजना
अनि, अलिकति पीडाको बिस्कुन
मनभरि बोकेर
रेगिस्थान छिरेको नि बर्षौं भएछ

समयको सम्भोगसँगै
स्खलित मेरो मन
आज निक्कै गलेको छ
सायद हलचल गर्नै नसक्ने गरी

जूनलाई पत्र

  • by

प्रिय जून,

यतिखेर मेरो मनमा तुवाँलो छाएको छ । मेरो भिर, पाखा र फाँटहरू म धुलाम्मे देख्दैछु । यद्यपि तिम्रो मन्द मुस्कानले भने मलाई स्वर्गीय आनन्द दिलाईरहेको छ । म हरपल तिम्री यादको संजीविनी पिएर बाँचिरहेको छू यो उजाड उजाड मरुभूमि अर्थात क्याक्टस फूल्ने शहरमा ।

जिउँदालाई काठको घर मर्नेलाई ईट्टाको चिहान

  • by

चैतमासको घाम रनक्क रन्केको छ । जमिन भतभती तातेको छ । घरबाट यतै कतै निस्किन पनि बडो गारो । पसिनै पसिनाले लुछुरुक्क भिज्ने । शायद घर देश छाडी परदेश एसीको चिसोमा बस्ने बानीले होला यो ज्यानलाई घरदेशमा घामपानी पनी लाग्ने ।

बल्ल बल्ल दुई वर्षमा घर गाको, दुई महिना बिदा पाको । त्यसै त्यो समयलाई घर्किन दिनुहुन्न भन्ने लागिरहेको थियो । त्यसै समयमा भाइ गाउँबाट चितवन आइपुग्यो र “दाइ जाउँ मेरो ससुरालीतिर घुम्न” भनेपछि के खोज्छस् कानो आँखा भने जस्तो भो मलाई ।

निभ्न लागे दियो

  • by

निभ्न लागे दियो आमा बाल्न आउँछु म
तेलसँगै परे रगत हाल्न आउँछु म

सुन्दर शान्त मेरो देश अक्रान्त पार्नेलाई
अस्त्र शस्त्र प्रयोग गरि फाल्न आउँछु म

माया गर्छु भन्नेले नै

  • by

माया गर्छु भन्नेले नै घात गर्न थाल्यो
अचानक मुटु आज गाँठो पर्न थाल्यो

देवी ठान्थें उसैलाई मन् मन्दिरमा राख्थेँ
पिलाउँला अमृत् भन्थे विष छर्न थाल्यो

तिमीलाई के दिऊँ

  • by

तिमीलाई के दिऊँ मायालु जुन कुरा खास होस्
जहाँ जाऊँ जता जाऊँ त्यो उपहार तिम्रो पास होस

मैले दिएको ती कुराले तिमीलाई पनि याद आओस्
अतितका तारा फुल्ने एकान्तमय रात आओस
अन्तै त्यो मन पुगे पनि मेरै यादको बास होस
त्यस्कै निम्ति मैले दिएको उपहार तिम्रो पास होस

सँगै बिताएका ती रातहरू

  • by

सँगै बिताएका ती रातहरू भुलिदेऊ
हामीबिच भएका ती बातहरू भुलिदेऊ

जसो गरी भेट्यौ उसै गरी छुट्यौं पनि
मिलनका मिठा मिठा ती साथहरू भुलिदेऊ

मेरो घरको बाटो

  • by

मेरो घरको बाटो हुँदै बेहुली बनी जाँदा
फर्की समेत हेरेनौँ तिम्ले मै रोँइ रहँदा

हेरिरहेँ देखेसम्म मनमा आशा बोकी
तिमीले डाँडा काटेपछि गयो आशा पोखी
चिन्न मैले सकेन छु सँगै हुँदा छँदा
चिने बल्ल पराईसँग डाँडा काटी जाँदा

बिज के रोप्यौ आखिर

  • by

बिज के रोप्यौ आखिर फल त्यही नै फल्दछ
सल्केको झिल्को थप्दछौ घिउ दन्दनी बल्दछ

यस्तो हो आगो न आफ्नो भन्छ न पराई भन्दछ
दन्दनी बल्छ जब त्यो आगो संसारै जल्दछ

हामी दुईको बाँच्ने आफ्नै पारा

  • by

हामी दुईको बाँच्ने आफ्नै पारा थियो
माया प्रेमको साक्षी संसार सारा थियो

घर मेरो आकाशमा त्यहीँ बस्थेँ म त
त्यहीँ मेरो आफ्नै प्यारो तारा थियो

दुई मुक्तक (मन लाग्छ, मर्दो रै’छ)

  • by


डालीबाट सुक्या पात झैँ झर्न मन लाग्छ
कुवाएर यत्र तत्र देहा छर्न मन लाग्छ
अर्थहिन जीवन निभ्छ मेरो माटो हाँस्छ भने
साँच्चै आजकल अहिल्यै मर्न मन लाग्छ