छोडी जाँदा जिन्दगीको रोडमा खोजेँ
अनगिन्ती गल्छेडा र मोडमा खोजेँ
तिम्रो चाह मनैभरि गढिरहन्थ्यो
मेरा सबै रहर अनि होडमा खोजेँ
भेट्नु छुट्नु अनिवार्य जिन्दगीमा
नियतिले दिएको विछोडमा खोजेँ
माया गर्थें यति धेरै चोट दियौ
तिम्ले देको हरेक् घात् र तोडमा खोजेँ
गुन्नु माया काट्नु घृणा भन्ने गर्छन
घटाई सबै तिम्लाई जोडमा खोजेँ
