तिमीलाई के दिऊँ मायालु जुन कुरा खास होस्
जहाँ जाऊँ जता जाऊँ त्यो उपहार तिम्रो पास होस
मैले दिएको ती कुराले तिमीलाई पनि याद आओस्
अतितका तारा फुल्ने एकान्तमय रात आओस
अन्तै त्यो मन पुगे पनि मेरै यादको बास होस
त्यस्कै निम्ति मैले दिएको उपहार तिम्रो पास होस
जून दिऊँ जूनमा दाग छ फूल दिऊँ ओइली झर्छ
हिरा मोती दिन्थे तर बिझाउला कि भन्ने डर छ
तिमी आफै भन के दिउ? जहाँ मायाको रास होस
जहाँ जाऊँ जता जाऊँ त्यो उपहार तिम्रो पास होस
तिमीलाई के दिऊँ …..
…..त्यो उपहार तिम्रो पास होस ।
शब्द : राजेश रुम्बा लामा ‘अत्रृप्त’
