Skip to content

तिम्ले सोध्यौ कस्तो यो जिन्दगी?

  • by


तिम्ले सोध्यौ कस्तो यो जिन्दगी?
मैले भने सस्तो यो जिन्दगी

प्रश्न उस्तै जवाफ उस्तै दिएँ
सोचेँ हाम्रो जस्तो यो जिन्दगी

सगरमाथा चढ्ने पनि ओर्लन्छ
हेर आफैँ खस्दो यो जिन्दगी

चक्कर् लाउँदै घुम्छ फनफनी
सुस्त सुस्त फस्दो यो जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *