Skip to content

सँगै बिताएका ती रातहरू

  • by


सँगै बिताएका ती रातहरू भुलिदेऊ
हामीबिच भएका ती बातहरू भुलिदेऊ

जसो गरी भेट्यौ उसै गरी छुट्यौं पनि
मिलनका मिठा मिठा ती साथहरू भुलिदेऊ

समयको हुरी चल्यो उडायो त्यो सप्ना
सँगै उड्यो मायाका ती खातहरू भुलिदेऊ

फुल्नु फल्नु झर्नु सबै नियतीको खेल
फूलसँगै झरिगाका ती पातहरू भुलिदेऊ

द्वन्द चल्थ्यो हामी बीच जावानीको उस्तै
एकार्कालाई दिएका ती मातहरू भुलिदेऊ

राजेश रुम्बा लामा ‘अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *