Skip to content

राजेश रुम्बा लामा

यस्तो सन्तान जन्मियोस्

  • by

कोलाहल मच्चिएको छ
अस्पतालको शैयामा
प्रसव पीडाले छट्पटिएकी छिन् उनी
सायद आमा बन्ने चटारोमा छिन्
आँखाहरू कहिले उघार्छिन्
कहिले बन्द
ओठ च्याप्छिन् कहिले

हेर त यी आँखामा

  • by

हेर त यी आँखामा तिम्रै विम्व देख्नेछौ
आँखाको यै भाखामा तिम्रै विम्व देख्नेछौ

कहिलेकाहीँ उक्लनु त्यो पारी डाँडामा
त्यही डाँडा पाखामा तिम्रै विम्व देख्नेछौ

जन्मेपछि मर्नैपर्छ

  • by

जन्मेपछि मर्नैपर्छ यो त यहाँ रीत हो
आशक्ति यो तिमीप्रति मेरो मायाप्रीत हो

मधुर ध्वनि गुञ्जिरन्छ मनैभैरि आज
गुञ्जिएका ध्वनिहरू तिम्रो मीठो गीत हो

छिन्मै उठ्छौ छिन्मै बस्छौ

  • by

छिन्मै उठ्छौ छिन्मै बस्छौ पागल भाकै हौ त ?
छिन्मै रुन्छौ छिन्मै हाँस्छौ पागल भाकै हौ त ?

जिन्दगी यो रङ्गमञ्च तिमी रङ्गकर्मी
गाउँदा गाउँदै नाच्छौ पागल भाकै हौ त ?

जान्न भन्थ्यो खाडी ऊ

जान्न भन्थ्यो खाडी ऊ त खेती गर्छ अरे
भकारीमा मुरी मुरी अन्न भर्छ अरे

उन्नत् जातको बाख्रा पाल्छ गाई-भैँसीसँगै
बजार भाउ बुझ्न आफै फेदि झर्छ अरे

मामाघर

  • by

साउनको महिना झरी नपरे पनि चारैतिरको थुम्काथुम्कीमा सेतो बादल देखिन्थ्यो । जस्ले गर्दा ती नाङो डाँडाहरू कपाल फुलेको मेरी हजुरआमा जस्तै देखिन्थे । साउने सक्रांति हुनु पर्छ, आमा मामाघर जान तयारीमा देखेपछि मैले नि कम्मर कसें । “बाटोमा हिँड्न सकिन्न घरैमा बस” भन्दै हुनुहुन्थ्यो आमा । म कहाँ मान्थेँ र ! आमा निस्किनु अगावै घरमाथि सालघारीमा पुगेर आमालाई कुरिरहेँ । त्यही नजिकै सालको रुखमा न्याउली कराउँदै थियो । गुलेली बिर्सेछु चुक चुक लाग्यो । आमा नि आईपुग्नु भो । चोरी औँला टोक्दै आमा पर्टी फर्केर मुस्कान दिएँ । आमा नि मुर्छा परेर हाँस्नुभो मेरो बठ्याँई देखेर र भन्नु भो, “हेर यो चोर त अघि नै आएर पो बसिराख्या रहेछ ! छि: छि: कपडा हेर यस्को चेपाङ जस्तै देखेको छ ।”

दुई मुक्तक (परै बस, धस्दिन म)

  • by

१)
फूल भन्छ चुम्न आउ, काँडा भन्छ परै बस,
फूलको बिस्वाश हुन्न अरे, सुन्दरदेखि डरै बस
कस्को कुरा सुनौँ प्रभु फूल देखिसि मन मान्दैन
हाँस्दै काँडा भन्छ अझ्, ठिक छ नि त करै बस

जित्छु सधैं हार्ने छैन धरोधर्म

  • by

जित्छु सधैं हार्ने छैन धरोधर्म तिम्रो कसम
तिम्रो माया मार्ने छैन धरोधर्म तिम्रो कसम

रोपिसकें एउटा फूल हृदयको बारी खनी
अरु कुनै सार्ने छैन धरोधर्म तिम्रो कसम

मेरो माया आजभोलि

  • by

मेरो माया आजभोलि पराई हुन थाल्यो
हिमालसँग छुट्टिएर तराई हुन थाल्यो

भेट्दिन म आँखाभरि कता तिमी गाकी छौ?
आफ्नै मायासामू पनि हराई हुन थाल्यो

परेलीमा आँशु राखी

  • by

परेलीमा आँशु राखी हाँस्न सिकाउने खोज्दैछु
दिलमाथि पत्थर् राखी बाँच्न सिकाउने खोज्दैछु

खुसी फुल्ने डाली अनि हाँसो फल्ने हाँगो भाँच्दा
भरोसाको धागो लिई गाँस्न सिकाउने खोज्दैछु

खोला सरी आ’थ्यौ तिमी

  • by

खोला सरी आ’थ्यौ तिमी बह सुसाएर
गयौ तिमी धेरै टाढा आज रुवाएर

किन गर्‍यौ अनविश्वास् तिम्ले मैमाथि नै
ख्वाकै थियौ कसम् तामा कलश् छुवाएर

प्रण (लघु कथा)

बिहे गरेर बुढी घर भित्र्याईवरी १५ महिनापछि ससुराली जानु पर्ने काम पर्यो । काखमा नानी हुनाले एक्लै जानु परेको थियो । त्यसैले बुढी ठुस्की रहेकी थिइन् । तर पनि भन्दै थिइन, “आमासँग २ हजार पैसा मागेर ल्याउनु है बाख्रा माउ किनेर पाल्नु पर्ला ।”

“पैसा माग्नलाई मलाई लाज हुन्न कि क्या हो ? चिठी लेख म आमाकै हातमा दिइदिम्ला,” भनें ।

रुनै परे चुपचापै रोई दिन्छु बरु

  • by

रुनै परे चुपचापै रोई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु

तिम्रै हुँ म विश्वास गर पहिले आफैँमाथि
अनि देख्छौ सारा संसार चोखो फूलपाती
माग मात्रै तिम्रै जीवन् होई दिन्छु बरु
छुनै परे त्यो मुटुनै छोई दिन्छु बरु

ईच्छाहरू दबाएर मार्न जान्या छैन

ईच्छाहरू दबाएर मार्न जान्या छैन
मर्दको छोरा हुँ म त हार्न जान्या छैन

आजै गर्छु जे गर्नुछ ईमान्दारीपूर्वक्
भोलि गर्छु भनी-भनी टार्न जान्या छैन

सात मुक्तकहरू

  • by

कस्तो सपना गरीब दु:खी ठुला-ठाला सबै रोएको देखेँ
उजाड वन पाखा अनि खोला नाला सबै रोएको देखेँ
ऐठन लाग्यो धेरै पटक गए राति सपनीमा
धान मकै फापर अनि कोदोको बाला सबै रोएको देखेँ ।

आफ्नैले खोसेपछि सारा खुसीहरू

  • by

आफ्नैले खोसेपछि सारा खुसीहरू
केलाई चाहियो भन साथी बैरी यहाँ अरु

तल परे घृणा गर्छन् माथि परे खुट्टा तान्छन्
मौका मात्र मिल्नु पर्छ शब्द वाणले सधैं हान्छन्
जीवन लिला मेटाईदिने बैरी जाती हुन्छ बरु
तड्पाउने आफ्नै हुन्छन् केलाई चाहियो यहाँ अरु