माया लाको न दिन न लिन ए हजुर
आजभोलि माया मार्यौ किन ए हजुर?
प्रखर त्यो घाम तिम्रै शिरमाथि हुँदा
साथमा हुने आफ्नै छाँया चिन ए हजुर
फुल्न सक्छ हिलोमा त्यो कमल फूल पनि
आफ्नै हो नि नमान घिन ए हजुर
डराउँदिन लाग्दा ऋण मर्दको छोरा हुँ
डर मान्छु बरु लाग्दा दिन ए हजुर 🙂
राजेश रुम्बा लामा ‘अतृप्त
