रित्तो छ हात रित्तो छ साथ के दिउँ भन त
नसक्दा दिन लाजले मैले के लिउँ भन त
मुटुमा मैले दिएछु चोट छट्पटी चलेछ
प्रायश्चित गर्न अमृत विष के पिउँ भन त
गल्तीथ्यो मेरै शंकाले हेरे फाटेछ त्यो मन
राख्नलाई मन गुन्यु र चोली के सिउँ भन त
अन्जान्मै मैले त्यो गल्ती गर्दा छाडेर गएछौ
सजाय तिम्ले यो विधी दियौ के जिउँ भन त
राजेश रुम्बा लामा ‘अतृप्त’
