Skip to content

यस्तो लाग्छ हामी दुईको ढुकढुकीको ताल उस्तै

  • by


यस्तो लाग्छ हामी दुईको ढुकढुकीको ताल उस्तै
एक दिनको बिछोडमा नि हामी दुईको हाल उस्तै

चखेवाको जोडी जस्तै नछुटेर बसौं जस्तो
प्रेमको डोरी कस्दादुख्छ तर पनि कसौं जस्तो
घाम बिनाको दिन रुन्छ हाम्रो पनि चाल उस्तै
एकदिनको बिछोडमा नि हामी दुइको हाल उस्तै

ज्यान कता मन कता पानी अनि आगो जस्तो
उड्न नपाई छिनेको चङ्गा अनि धागो जस्तो
न्याउली रुन्छ एक्लै हुँदा हाम्रो पनि काल उस्तै
एकदिनको बिछोडमा नि हामी दुईको हाल उस्तै

यस्तो लाग्छ हामी दुईको ढुकढुकीको ताल उस्तै
एकदिनको बिछोडमा नि हामी दुईको हाल उस्तै

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *