Skip to content

कुन पलको गीत लेखौं

  • by


कुन पलको गीत लेखौं, साँझको हो या रातको
घाम हराएको दिनको हो या, शुन्य त्यो प्रभातको

कयौं पलको लेखिसकें गाउन पनि गाएँ
रङ्गमञ्चमा हुन्छु एक्लै हेर्ने धेरै पाएँ
मिलन त त्यो नाटक थियो के लेखौं गीत साथको
शितको थोपा नचम्केको शुन्य त्यो प्रभातको

कुन पलको गीत लेखौं, साँझको हो या रातको
घाम हराएको दिनको हो या, शुन्य त्यो प्रभातको

पाउने आशामा हुन्छन नजिक त्याग्नु पर्दा टाढेसी
कसलाई आफ्नो भनौं मैले सपना देखाई छाडेसी
कुन शब्दले लेखौं गीत मायालु त्यो जातको
मिर्मिरे मै बिलाई गाको मेरो त्यो प्रभातको

कुन पलको गीत लेखौं, साँझको हो या रातको
घाम हराएको दिनको हो या, शुन्य त्यो प्रभातको

-राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *