तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले
आज भोलि कुनै पीडा हुन्न तिमी रुँदा
अभिनय पो गर्यो लाग्छ तिमी दुखी हुँदा
त्यता दुख्दा यता मुटु गाँठो पार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले
किन मलाई यस्तो हुन्छा तिमी आफै जान
पल्टाएर हेर्ने गर्नु स्मृतिका पाना
मलाई दुख्दा त्यसै हाँसी टार्नु पर्थ्यो पहिले
तिमीलाई दुख्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले
तिमी रुँदा आँशु मैले झार्नु पर्थ्यो पहिले
हिक्क छुट्दा ओंठको मुस्कान मार्नु पर्थ्यो पहिले
राजेश रुम्बा लामा “अतृप्त”