Skip to content

मधुपर्क

तसबिरमा आत्मसंवाद

  • by

‘महाशय ! तपाईँ रिसाउनु भएको हो कि !’
‘रिसाउनुपर्ने प्रयोजन त देखिँदैन।
‘तपाईँलाई बोर गरेँ नि !’
‘म पराइसँग होइन आफूसँग नै रिसाउने गर्छु।’
‘अर्थात्…. आशयमा किन विरोधाभास….।’
‘म किन अरूलाई गलत मौका प्रयोग गर्न दिइरहेछु…यसरी।’ पार्श्वमा पटकपटक दोहोरिने एक पारदर्शी अनुभूति।
‘दुब्लाउनु भएछ, कस्तो सङ्कट आइपर्‍यो कुन्नि !’
एकपटक अर्थहीन स्वरले लचकदार वाक्यसित राख्‍ने झिनो शब्दसामर्थ्यमात्र।

अप्रत्यासित

  • by

चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कर्ुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हर्ेदा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता पर््रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मीत अनुहार मलाई । तर म उसको अघिल्तिरको कर्ुर्चीमा बस्न सकिन । त्यहाँ बस्नु राम्रो हुँदैनथ्यो । त्यसको िठक्क देब्रेतिर खालि टेबुल थियो । म त्यसैको आडको कर्ुर्चीमा गएर बसेँ । म कर्ुर्चीमा ट्यास्स बसेको मात्र थिएँ- गर्मी यामको लुगा लगाएको एउटा मानिस सरासर आएर महिला अघिल्तिरको खालि कर्ुर्चीको छेउमा उभियो । \”माफ गर्नु होला, म दस मिनेट ढिलो भएँ,\” उसको बोलीमा विनम्रता र रसमाधर्ुय दुवै थियो । \”बस्नुस्, नेपालमा दस मिनेटलाई ढिलो मानिदैन,\” महिलाको बोली पनि रूप जस्तै सुन्दर थियो । सुनिरहुँ लाग्ने खालको थियो ।

गोबर्द्धनले बुझेको राष्ट्रवाद

  • by

तालीको परर्र आवाजले एकसुरले पेटीमा हिँडिरहेको गोबर्द्धन यादव हठात् झस्क्यो र फर्केर हेर्‍यो । सडकमा किशोर र युवाहरूको हूल माहुरीको गोलो बनेर खनिइसकेको थियो र ब्योममा कानै खानेगरी साइँसाइँसुइँसुइँ सिटीको आवाज घन्कन थालेको थियो । ऊ झस्केझैँ सायद अरूहरू पनि झस्केथे किनकि ती पनि त्यतै हेर्दैथे । एउटा युवक लामो लठ्ठीमा उनिएको पुतला नचाउँदै थियो । पुतला नेताको हो वा अभिनेताको, खुट्याउन उसलाई गाह्रो पर्‍यो किनकि ऊ न त नेताहरूबारे जानाकारी राख्थ्यो, न त अभिनेताहरूबारे तर खुला छिमेकका नेता र अभिनेता दुवैथरिबाट हामी पीडित छौँ भन्ने बोधसम्म चाहिँ उसमा नरहेको होइन । कोशीको बाँधको डुबान होस् वा मेचीको कटान, बकेया बागमतीको डुबान होस् वा महलीसागरको, शारदा ब्यारेजको पनपक्षे होस् वा ब्रहृमदेवमण्डी अर्थात् टनकपुरको अतिक्रमण, कालापानीको बेदखली होस् वा दशगजाको मिचमाच, छिमेकीको नियतबाट ऊ भलिभााति परिचित थियो । सर्पको सन्तान सर्पै हुन्छ भनेझैा साम्राज्यवादको आत्मज -हुन त यस सन्दर्भमा उसलाई आत्मज शब्द त्यति उपयुक्त लागिरहेको थिएन तथापि तिनको व्यवहारले ऊ नयाँ शब्द खोजिहाल्नुपर्छ भन्ने निश्कर्षमा पनि पुगिहालेको थिएन) ले साम्राज्यवादी, उपनिवेशवादी नीति नै लिन्छ भन्ने उसको धारणा थियो । हुन त उसका कतिपय साथीहरू ‘तेरो धारणा वा सोच पूर्वाग्रही छ’ भन्थे तर पनि ऊ आˆनो अवधारणामा यतिञ्जेलसम्म कायम नै थियो । ‘पछि परन्तु सच्याउनु परेछ भने देखाजाला, सच्याउँला’ भन्थ्यो र उसका साथीहरू चुप लाग्थे । छयालीस सालको नाकाबन्दीको त गोबर्द्धन भुक्तभोगी नै थियो । छयालीस सालमै गाउँका सारालाई उसले ‘अब त छिमेकीको कोखाको दाँत देख्यौ कि ?’ भनी आँखा खोल्ने प्रयास नगरेको होइन तर पनि गाउँलेहरूले चेतेका थिएनन् ।

बदला

  • by

समय सारिणीमा मङ्सिरको २१ नाघेको छ । उसो त पानी पर्लापर्ला झैँ गरी अस्तिदेखि नै आकाशले मुख बिगारेको छ । छिनभरमै घाम खुलेर न्यानोपन थप्ने र छिनभरमै बादलले घाम छोपेर चीसो बढ्ने क्रम जारी नै छ ।

महेश एकटकले भित्तातिर हेरिरहेको छ । मानौ उसको मगज र हृदयमा यो मौसमी आद्रता र उष्णताले कुनै प्रभाव पारेको छैन । अविचलित छ ऊ मूर्तिबत् । तर शान् त पोखरीबाट पानी रसारए पोखिएझैँ उसका विस्फारित आँखाहरूबाट अश्रृसरिता रसाएर डम्म भरिएका छन् र आँखाको कोसबाट नजानिदो ढङ्गले पोखिएका छन् ।

रूपान्तरण

  • by

अचानक राति फोनको घण्टी बज्यो । त्यो आवाजले मेरो मुटु र कानलाई छेडेर गयो । अशुभ समाचार हो कि भन्ने डरले निकैबेर फोनको रिङ बज्दा पनि झ्वाट्टै फोन उठाउने आँट आएन । लाग्यो मानौं स्वयं फोनसेट नै आतङ्ककारी भएर उपस्थित भएको छ मेरो सम्मुख । बल्लबल्ल फोन उठाएर ‘हेलो’ मात्र भनेकी थिएँ उताबाट स्वास्नीमान्छेको रूवाइ सुनेर बिस्मित भए म । यो सपना हो कि विपना हो ? जति रूवाइ सुन्छु त्यति त्यो रूवाइको स्वर चिरपरिचित लाग्यो । नत मैले को रोएको भनेर सोध्न नै सकें नत फोन राख्न नै सकें तर त्यो स्वरले गिज्याइरहृयो, रन्काइरहृयो मेरो सर्बाङ्गभरि ।

चन्द्रे हुँ म चन्द्रे

  • by

सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ ।
‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट बुझिनेछ
चचच
चन्द्रे !
मान्छेहरूका दृष्टिमा चन्द्रे एउटा बहुला थियो तर आफूले पाएको यो पहिचानलाई चन्दे्रले कहिले पनि विरोध नजनाएको देख्दा सामान्यतः सबैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । हुन पनि चन्द्रे चिच्याई चिच्याइकन भन्ने गथ्र्यो- “हो-हो म बहुला हुँ । किनकि….. म चन्द्रे हुँ ।”

डिजिटल चमकभित्र

  • by

चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला हुन् । उनका तीन छोराछोरी र चार नातिनातिना छन् । उनका पति सेवानिवृत्त सरकारी सुब्बा हुन् । उनी लगभग साठी वर्षी भइसकेकी छिन् । उनी चौध वर्षी हुँदा एक्काइस वर्षो रुद्रप्रसादसँग उनको बिहे भएको थियो । रुद्रप्रसादकी पत्नी भएर बस्न थालेपछि उनले छोराछोरी पाउने, तिनलाई हर्ुकाउने, भान्छाको काम हर्ेर्ने आदि काम गर्ने घरबन्दी महिलाकै रूपमा चार दसक बिताइन् । त्यसपछि अमेरिका आएकी उनी नेपाल फर्किएकी छैनन् ।

काल्पनिक

  • by

यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

ऊर्मिला

  • by

विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ ।

मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरू पिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर हल्लाउँदै घाउबाट झिँगा धपाउने चेष्टा गरिरहेका थिए । त्यहाँ घोडीहरू थिएनन् । कसरी भन्न सकिन्छ र घोडाहरू घोडीहरूको वियोगपीडामा थिएन वा थिएनन् ।

ऐंजेरु

  • by

शुभ्र हिमखण्डले निर्मित बाल-प्रतिभा सेतो परेवाजस्ती, स्वच्छ जलराशिमा फुलेको श्वेतकमल जस्ती, दुग्ध-धवल स्फटिकले बनेको बाल-आकृति जस्ती, अथवा भनुँ, पावस ऋतुको अविरल वर्षामा नुहाएको कुनै हरितिमामय निभृत कानुनमा बुर्कुसी मार्दै खेल्ने-रमाउने सानो, सेतो खरायो जस्ती-कल्पिता ! ऊ आँगनमा आउनासाथ अकस्मात् ऋतुपरिवर्तन भएर बसन्त आएको र हजारहजार चराचुरुङ्गी चिर्बिर-चिर्बिर कलरव गर्न थालेको मधुर अनुभूतिमा म डुब्ने गर्थे । सडकमा पनि हिँड्ने होइन, उफ्रिदै जाने । झोला बोकेका केटीहरूको बथानमा डब्बा बनाई आफू इन्जिन बनी रेलजस्तै दौड्दै दिनहुँ स्कुल गइरहेकी कल्पितालाई झल्झली सम्झन्छु म -“………पी-पी-पी-पी… छुक्छुक् छुक्छुक् … ।”

उपन्यासलेखनमा देखिएको प्रयोगवादी धार र स्तरीयताको प्रश्न

  • by

साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन ।

सीताहरु – २३

  • by

केही वर्षभयो- मैले सीताहरूको खोजी गरेको । यसका लागि म कहाँ पुगिन- होटेल, रेष्टुँरा, डान्सबार र स-साना भट्टीहरूसम्म । मौका मिलाएर कहिलेकाहीँ पोखराको फेवाताल वरपर पनि घुमेको छु । ठमेल, बानेश्वर र कलङ्की त नजिककै तर्ीथस्थल भए- मेरा लागि । चिनेजानेका र सीताहरू पढेका पाठकहरू मलाई भेटघाट वा टेलिफोनमा बरोबर प्रश्न गर्छन्- होइन- यस्ता असाधारण चरित्रका सीताहरू तपाईं कहाँ पाउनुहुन्छ – म ठट्टा गर्छर्ुुहाम्रो सहर बजारका गल्लीगल्लीमा म सीताहरू भेट्छु । गाउँघरमा पनि धेरै सीताहरू सपनाहरूसँग उमेर साटिरहेका पाएको छु । थुप्रै म्यानपावर कम्पनी, एजेण्डा, दिउँसो चल्ने लजहरूमा पनि म त सीतैसीता देख्छु । “हामी त गीता, रीता, शर्मिला, निर्मला, अञ्जु, मञ्जुहरूमात्र देख्छौँ, भेट्छौँ । तपाईं राम भएर होला जहाँतहाँ सीताहरू मात्र देख्नुहुन्छ ।” हिजो साँझमात्र एक जना साथीले यसो भने ।

विलय

  • by

कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभत्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो । नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने ७यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौं ।’

भैंसी र मान्छे

  • by

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र …. हरे…. । यो झरीले के गर्न खोज्या होला…. – निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । “हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि …!” आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । “आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ …-” जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी ।

हवाइजहाजको गर्भ भित्र

  • by

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान छ र त्यो गर्भमा मानिस, जिउँदा मानिसका ताँती चुपचाप बसेका छन् ।