Skip to content

मधुपर्क

स्वतन्त्रता

  • by

जनताको बलिदानबाट परिवर्तन भएका कारण आमसभामा जनसहभागिता उल्लेख्य हुनु आवश्यक नै थियो । गाउाका कुनाकुनाबाट मेलापात छोडेर पनि आमसभामा उपस्थित हुनु उनीहरूको लागि बाध्यता पनि भयो । कोही बासी ढिडो र गुन्द्रुकको भरमा त कोही भोकै पनि तोकिएको समयमा आमसभास्थलमा भेला भए । नेताजीको सम्बोधनले केही राहत मिल्ला कि भनेर खाली चउरमा ‘पेट कसेरै’ भए पनि जनता धैर्यपूर्वक बसे ।

साहित्यमा समालोचना

  • by

सामान्य अर्थमा समालोचनाको अर्थ हो- गडेर हेर्नु । समालोचना ‘लुचू’ धातुले बनेको छ, जसको अर्थ हो- हेर्नु । समालोचनाअन्तर्गत आलोचना, समीक्षा, टीका-टिप्पणी, मीमांसा, विवेचना, पर्यालोचन, अनुशीलन, परिशीलन आदि अनेक शब्दहरूको प्रयोग गरिन्छ । सूक्ष्मरूपमा यस्ता शब्दहरूका आ-आˆना विशिष्ट अर्थ रहे तापनि स्थूलरूपमा भने यस्ता शब्दहरूलाई पर्यायवाची मान्न सकिन्छ । पूर्णरूपले कुनै वस्तु वा विषयविशेषको देखरेख, विवेचना, विचार-विमर्श गर्नु समालोचना शब्दसित अभीष्ट छ ।

वेदनामा अल्झिएका दिन

  • by

पहाडको काखमा पहाडकै धरातल हेटौाडाको पश्चिमपट्ट िअवस्थित लोथर बजार दसकौा बितिसक्यो जस्ताको तस्तै छ । २०५० साल र उनान्साठी सालमा आएको वषर्ात्को भलबाढीले त्यो ठाउा क्षतविक्षत् भयो । एकतीस वर्षअघिको लोथर मेरा आाखामा छ र त्यो बेलालाई सम्झिंदा म सत्र/अठारको जवानीमा साटिन्छु । २०३३ साल मङ्सिरको महिना हो । म अठार वर्ष मात्र पुग्न लागेकी थिएा । त्यति बेला मेरो काखमा ठूलो छोरो थियो ।

जङ्गलमा मनका फूल फुलाउने कवि

  • by

नेपालभाषा गीति कविता विधामा सुपरिचित एवं जनपि्रय व्यक्तित्व हुन् दुर्गालाल श्रेष्ठ । उहााका गीति कविताका लय ध्वनि, कोमल शब्द चयन सीप, मधुर भाव रस सञ्चार तथा सरल, स्पष्ट, सहज अभिव्यक्तिबाट धेरैजसो श्रोता-पाठक मन्त्रमुग्ध भएका देखिन्छन् । उहााका कविताको वाचन उहााबाटै भएको बेलामा उहााका वाचिक, आङ्गकि र साìिवक भाव अभिनय पनि स्वतः स्फूर्तरूपमा प्रदर्शित भइरहेको हुन्छ । त्यस्तो स्थिति श्रोतालाई मनमोहक र प्रेरक लाग्दछ ।

बिब्ल्याटो सोच

  • by

बुबा भन्नुहुन्थ्यो पढेलेखेर ठूलो मान्छे बन्नुपर्छ । आमाका सपना पनि कम्तीका थिएनन् । राम्री र लच्छिनकी बुहारी भित्र्याएर बुढेसकालमा आनन्दका साथ नातिनातिनासाग रमाएर बिताउने आमाको भित्री सोच थियो क्यार । छिमेकका काकाकाकी, दाइभाउजू, मामामाइजू सबैको आशाको केन्द्र मेरो पढाइ बनेको थियो । त्यसबखत मेरो मन आशाको ठूलै बोझ बोकेर गह्रौा बनेको भान हुन्थ्यो । दायित्वको बोझबाट मुक्त हुने काम सामान्य मान्छेका लागि कठिन बन्दोरहेछ ।

कृष्णकल्ली

  • by

हेर हेर हेर जुँगामुठेहरू गफिएका । कृष्णकल्लीले आफ्नो क्याबिनबाटै कर्मचारीहरूलाई हर्ेर्दै दाह्रा किटिन् । मोराहरू ! कामसाम गर्नु छैन, कार्यालयमा तरूणीको कुरा काट्यो – बस्यो । कृष्णकल्लीलाई खपिनसक्नु भयो र उनी उठेर टकटक जुत्ता बजाउँदै हिंडिन् । अनि आफू मातहतका कर्मचारीहरूलाई तर्सर्ाादै एउटा सेल बनाएर पुनः आफ्नै सिटमा आएर बसिन् । हरे ! यो कार्यालयका महिला कर्मचारीहरूलाई पनि के भा’ होला । हरेक तर्ीथब्रतमा लोग्नेको दर्ीघायुको काम नगर्दै ब्रत बस्नर्ैपर्छ भन्ने छ र – उस् । अनायासै ओंठ लेप्र्याइन् कृष्णकल्लीले र सोचिन् आफैं कमाउँछन् यिनीहरू र पनि किन सधैँ लोग्ने लोग्ने भनिरहन्छन् – के लोग्ने बिना एक्लो जिन्दगी एक्लै बाँच्न सकिन्न – खै, म त बाँचेकै छु, हाँसेकै छु र जीवनमा केही गरेर खाएकै छु । कृष्णकल्लीले मनमनै गुनिन् ।

गजल

  • by

दुःख अलिकति साट्ने निहुमा जिन्दगानीको
तिमीसाग गासुकि सम्बन्ध माछापानीको
हावा पानी र माटो अनुकूल छन् अहिले
धोवी चरा पनि गाउादैछ गीत जवानीको
तिमीसाग गाासु कि सम्बन्ध माछापानीको

गजल

  • by

सुन्दर फूल मासेर काडाको बोट रोप्नु भो हजुर
आफन्तलाई त्यागेर पराइलाई रोज्नु भो हजुर ।

अहं र अभिमान यति धेरै बढेछ कि यहाालाई
नाता सम्बन्ध र इष्टमित्रलाई नै तोड्नु भो हजुर ।

थपक्क

  • by

ऊ यसै थपक्क बस्यो
भीड बढी रहेछ, आवाज उर्लंदो छ
मान्छेको सोच फरकफरक छ
आˆनै समूह-स्वार्थको नगिच छ
यस्तै भन्नेहरूको कुराहरू पनि सुनिरहेको थिए
कोलाहल सुनेको थिएा

सपना

  • by

सहिद दिवसको दिन, फूलमाला प्रशस्त ओढेका थिए उनीहरूले । तीन सय चौसठ्ठी दिन रोइरहेका सहिद आज प्रफुल्ल देखिन्थे ।

सहिदगेटमा ‘क’ ले भन्यो- “सहिदलाई खुसी राख्न हृदय चोखो राखी उनीहरूको सपना साकार पार्नुपर्छ । ”

सहिद अदृश्यरूपमा थप्पडी मारेर मुसुक्क मुस्कुराए ।

लिफ्ट

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

शोषण

  • by

बजारको सानो चोकमा ठूलै भीड जम्मा भएको थियो । भीडबाट बेलाबेलामा थपडी र हाँसोको आवाज आइरहेको थियो । चटकेले हाउ-भाउ र केही सस्ता संवादले भीडलाई लड्याईरहेको रहेछ । भीडको प्रमुख आकर्षण कागजलाई पैसा बनाउनेमा नै केन्द्रित थियो । त्यसले बेलाबेलामा कागजलाई सबैको सामु पैसा बनाईदिने गफ हाँकिरहेको थियो । बीच-बीचमा तासको खेल देखाईरहेको थियो, बाँसुरी फुकिरहेको थियो । भीडको ध्यान त्यसले खासै त तान्न सकेको थिएन तर कागजलाई पैसा बनाईदिने कुरा सुन्दा सबै आश्चर्य मानिरहेका थिए । अझ कतिले त त्यो कला सिकेरै जाने अठोट लिएका थिए ।

विमोचन

  • by

कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई आफ्नो साहसिक भर्याङ यात्राको बर्णन सुनाउने गर्नु हुन्थ्यो । नसुनाउनु पनि किन उहाँ आफै पनि सफलताको खुड्किलो चढ्दै त्यत्रो ठूलो पदमा पुग्नु भएको होईन । बर्ष ैसम्म सडकमा भौतारिरहेको बेला कसैले टपक्क टिपेर घुम्ने कुर्सीमा बसाइदिएको थियो । त्यसो त सडकमै हुँदा पनि उहाँ जहिले पनि छोटो र चोर बाटो हिड्ने गर्नु हुन्थ्यो । उहाँलाई जान्नेहरु भन्छन् -त्यसैको प्रतिफल नै हो यति छिटै उहाँ उक्त पदमा विराजमान हुनुभएको ।

पीडा प्रतीक्षाको

  • by

सङ्कटकालको छैटौ महिना अर्थात् वि.सं. २०५९ सालको वैशाख महिनामा पूर्ण काठमाडौको कालिमाटीबाट समातियो । सााझ ढलिसकेपछि डेरामा साथीसाग भात खाादै गर्दा सेनाले उसलाई गिरˆतार गरेको थियो । त्यसपछि पूर्णका बारेमा अनेकथरी कुराहरू सुनिए ।

अर्काको छोरो

  • by

अरू कुमारी केटीहरू सपनामा आˆनो राजकुमार खोज्छन् रे तर मैले त्यस्तो सपना कहिल्यै देखिनँ । जस्तो पर्छ त्यस्तै टर्छ भन्ने लाग्थ्यो । एउटा जिन्दगी हो भोगौँला भन्ने हिम्मत थियो तर अरूले सपनामा खोज्ने राजकुमार मैले विपनामा नै पाएँ । रोहणले मलाई दिएको माया म यहाँ वर्णन गर्न सक्तिन ।

झटारो

पृष्ठभूमिः -आदरणीय पाठकवृन्द यो काठमाडौँको कुनै एक टिभी च्यानलबाट प्रसारण हुने अत्यधिक लोकप्रिय कार्यक्रम हो । आ-आफ्नो जवानीलाई पैसामा छोल्ने र बुढ्यौली लागेपछि एक अर्कालाई मोल्ने एक अधबैंसे जोडीले यस कार्यक्रमको प्रायोजन गर्नुभएको छ । उहाँहरू हुँदोखाँदो उमेरजति बाहिर बिताउने र छाला चाउरेपछि गैर ओछेन तताउने वर्गका पर्नुभएकाले उहाँहरूले बिहे -यसलाई नाटक भन्न उपयुक्त होला गरेको तीन महिनामै सम्बन्ध विच्छेद गर्नुपर्‍यो । त्यसैगरी, कार्यक्रम सञ्चालक/सञ्चालिका जसलाई आजभोलि भिजे -भिडियो जक्की भनिन्छ क्यार म चाहिँ पिजे -पोजदिने जक्की र एमजे -मोडलिङ्ग वा मोजगर्ने जक्की भन्न मनपराउँछु । हुन पनि उहाँहरूको व्यक्तित्व त्यस्तै छ । उहाँहरूबीच विधिवत लोग्नेस्वास्नीको सम्बन्ध नभए पनि चिनजान भएको तीन दिनमै उहाँहरू त्यो भन्दा पनि गाढा सम्बन्ध जोडेर एङ्करिङ इतिहासमा नयाँ फड्को मार्न सफल हुनुहुन्छ ।

ट्राफिक आइलैण्डकी युवती

  • by

‘बाटोमा तँ बस्ने कि मान्छे हिँड्ने – नजिकैको ट्राफिक पुलिसले छेवैमा आएर हकार्‍यो । झुत्रो पछ्यौराले मुख लुकाउँदै ऊ चुपचाप एक्लै डल्लो परेर बसी । पुलिसले फेरि भन्यो – ए अझै उता जान्नस् – उसलाई पुलिसको भद्दा बोली सुनेर निकै रिस उठेको थियो । तैपनि ऊ चुप लागी । जुरुक्क उठी र अघि बढ्न खोजी तर हिँड्न सक्ने अवस्थामा थिइन ऊ । लुगलुग कामी । पुस महिनाको चीसो, रातभरि सडकको पेटीमा बसेकी उसलाई न्यानोको कुनै अनुभूति थिएन । त्यसैले ऊ पुन नजिकैको ट्राफिक आइलैण्डमा टुसुक्क बसी ।

स्वगत

  • by

अचेल उसलाई यस्तै भइरहेको थियो । कुनै कुरामा आशालाग्दो वा उत्साहजनक लागेको थिएन । देश, समाज, परिवार, समय, व्यवस्था, मित्र महङ्गी, जिन्दगी आदि यस्ता शब्दहरू थिए, जुन उसका लागि असहृय र त्तिक्त लाग्नेजस्ता भएर देखापरे ।