स्वतन्त्रता
जनताको बलिदानबाट परिवर्तन भएका कारण आमसभामा जनसहभागिता उल्लेख्य हुनु आवश्यक नै थियो । गाउाका कुनाकुनाबाट मेलापात छोडेर पनि आमसभामा उपस्थित हुनु उनीहरूको लागि बाध्यता पनि भयो । कोही बासी ढिडो र गुन्द्रुकको भरमा त कोही भोकै पनि तोकिएको समयमा आमसभास्थलमा भेला भए । नेताजीको सम्बोधनले केही राहत मिल्ला कि भनेर खाली चउरमा ‘पेट कसेरै’ भए पनि जनता धैर्यपूर्वक बसे ।
