मधुपर्क
मान्छे, स्वास्नी र लोग्ने
स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने र मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न-एक्काइसौ सदीका हामी जो छौ ती भूपीका कविताको हामी होइनौ-फगत् पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौ-फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौ हामी-जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका । देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिउला तर प्रधानको विश्लेषणमा त बौलाउनुभन्दा मर्नु निको ! पुख्र्यौली आहृवान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ- अभिको ।
मनकी मय्जू
पश्चिम १ नं. (हालको नुवाकोट) मा पर्ने समुन्द्रदेवीको भिरालो भागमा हाम्रा पुर्खाहरूले आर्जेका थुप्रै भू-भागहरू थिए तर हाम्रा दुई पुस्ता अघिदेखि नै काम, माम र नामको अभिलाषामा काठमाडौां र भित्री मधेस छिर्ने हावा चलिसकेका कारण अहिले ती भेगमा कुनै बंशज बाकी रहेनन्, न कुनै नवीन सिर्जनाको बुदहरू नै त्यहा पोखिए । उहिल्यै बनेका घरहरूको पनि हाल कुनै अस्तित्व रहेनन् । सबै घर खण्डहरमा परिणत भए । तथापि त्यस भेगमा हाम्रा पुर्खाहरूले छोडेका आदिम कृतिहरू धमिलो र घुर्माइलो भएर अझै केही पुराना मानिसहरूको दिमागमा कहीा कतै सजिरहेका छन् । केही भू-खण्डहरू बेवारिसेझैा भएर अझै बसिरहेका छन् । हामीमध्ये केही आˆनै पैतृक थलोमा गयौ भने पनि आˆनो नाम वा कीर्तिले बाजे/बराजुहरूका नाम वा कीर्तिबाट आफूलाई चिनाउनुपर्ने अवस्था आइपरेको छ ।
साहित्य र राजनीति
नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।
२१ मसान्त चार
रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले अर्को पुरुषलाई बरण गरेकी छैन, बलात्कारको शिकार भएकी रहिछे भने त्योचाहिँ उसको आफ्नो इच्छा र चाहनाको कुरा होइन । भगवान् अन्तरयामी छ, त्यसैले उसलाई विश्वास छ कि मरेपछि भगवान्को अदालतमा ऊ निश्कलंक निस्किने ठहरिने छे । हो ऊ एक ठाउँमा अड्केर बस्न भने सक्तिन, यताउति डुल्दै रहन्छे, स्थिर भएर बस्न उसको खुट्टामा बसेको शनि चक्रले दिँदै दिन्न । कसैको आश्रयमा बस्न हुँदो रहेनछ भन्ने कटुअनुभव ऊसित छ । सनातनी कर्मकाण्डी पिताको घरमा ऊ जान सक्तिन, आफू जन्मेका यी केही गर्खाहरू छाडेर अन्त कतै जाने उसको मन छैन । महाकाली र सेती नदीको बीचको भू-भाग नै उसको भ्रमणस्थल हो । ऊ दुइटै नदीको उद्गमस्थलसम्म पनि पुगेकी छे सो भन्दा उत्तर ऊ हिउँ र बिष -हावा पातलो हुँदा दम लाग्नूको कारण जान सक्तिन । यसै भू-भागमा कुना काप्चा खोला रोडा डाँडा-काँडामा ऊ घुम्दै रहन्छे ।
जीवनका प्रभाती किरण
बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।
“लौ बित्यास बन्यो राति एघार बजेदेखि १ बजेसम्म कुरुवा बस्दा हिजै भाइ सिद्धिमणिले आशा छोडिसकेका थिए । गाथका साहस र मुटु गल्दै गएका थिए लौ झट्टै लुगा झिकी दे जानैपर्छ यस्तो बेला । हर्केलाई उठाएर घोडा कसिहाल्न भन् म आइहालेा” बेड स्वीच थिचेर बत्ती बाल्दै मेरा पिताले मेरी आमालाई अह्राउनुभयो । घडीको भित्ता भने स्प्रेहाहीन, कामनाहीन, टिक-ट्याक टिक-ट्याक गरिरहृयो ।
प्रवासमा नेपाली भाषा साहित्यको सेवा
नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् ।
