Skip to content

मधुपर्क

एउटा श्यामश्वेत सपना

एउटा श्यामश्वेत सपना
जहा
ऊ थिई अनि उसका उडानहरू थिए !…
के हो बरै क,ख,ग,घ
के हो बरै ए,बि,सि,डि
निरक्षरताको सुदूर चौतारीमा पनि
गुञ्जिरहेकै हुन्थे

लर्के जोवन छदा घुर्की नलाउ नानी

लर्के जोवन छदा घुर्की नलाउ नानी
एक चोटि त सबैको, आउछ जवानी ।
फूल हौ कि जून हौ, म त छक्क परे
तिमीलाई पाउन मैले, लौ तपस्या गरे

उज्यालो भइसकेछ

  • by

बाहिर उज्यालो भइसकेको छ
ब्यूझिसकेको छ बस्ती
युगौदेखिको महानिद्राबाट
दृश्यमा आउन थालेका छन्
तुवालोभित्र हराएका डाडाकाडाहरू
शीतले ओसिएका खोच र भञ्ज्याङहरू

सियो रोप्दा सानो होला

  • by

सियो रोप्दा सानो होला कोदालाले कपे हुन्छ ।
धेरै ठाउ छ दिलमा अझै चोट थपे हुन्छ ।।

सधै सागै बस्ने गरी आउादैन वसन्त नि ।
बर्सातको भेल बाढी एकैछिन खपे हुन्छ ।।

मान्छे, स्वास्नी र लोग्ने

  • by

स्वास्नी र मान्छेको संयोगबाट बनेकी नारीभन्दा भिन्न, लोग्ने र मान्छेको सम्भोगबाट बनेको पुरुषभन्दा भिन्न-एक्काइसौ सदीका हामी जो छौ ती भूपीका कविताको हामी होइनौ-फगत् पाइतालामा ठडिएका, शङ्कर लामिछानेको निबन्धका प्याज होइनौ-फगत् एब्स्ट्राक्ट चिन्तनमा दरिएका, न त पारिजातको शिरीषका फूल हौ हामी-जो गन्धहीनताको आवरणमा सुगन्ध कल्पिरहेका । देवकोटा लक्ष्मीप्रसादले पोखेको पीडामा हामी पागल ठहरिउला तर प्रधानको विश्लेषणमा त बौलाउनुभन्दा मर्नु निको ! पुख्र्यौली आहृवान हाल्ने भूतका भिनाजुको उल्टो अभिव्यक्ति छ- अभिको ।

मनकी मय्जू

  • by

पश्चिम १ नं. (हालको नुवाकोट) मा पर्ने समुन्द्रदेवीको भिरालो भागमा हाम्रा पुर्खाहरूले आर्जेका थुप्रै भू-भागहरू थिए तर हाम्रा दुई पुस्ता अघिदेखि नै काम, माम र नामको अभिलाषामा काठमाडौां र भित्री मधेस छिर्ने हावा चलिसकेका कारण अहिले ती भेगमा कुनै बंशज बाकी रहेनन्, न कुनै नवीन सिर्जनाको बुदहरू नै त्यहा पोखिए । उहिल्यै बनेका घरहरूको पनि हाल कुनै अस्तित्व रहेनन् । सबै घर खण्डहरमा परिणत भए । तथापि त्यस भेगमा हाम्रा पुर्खाहरूले छोडेका आदिम कृतिहरू धमिलो र घुर्माइलो भएर अझै केही पुराना मानिसहरूको दिमागमा कहीा कतै सजिरहेका छन् । केही भू-खण्डहरू बेवारिसेझैा भएर अझै बसिरहेका छन् । हामीमध्ये केही आˆनै पैतृक थलोमा गयौ भने पनि आˆनो नाम वा कीर्तिले बाजे/बराजुहरूका नाम वा कीर्तिबाट आफूलाई चिनाउनुपर्ने अवस्था आइपरेको छ ।

मित्रता

  • by

छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे ।

आँसुको रङ

  • by

लालबहादुर घले । हो लालबहादुर घले । मेरो यस कथाको नायक । पूर्व एक नम्बर रामेछापको कुलबहादुर घलेको जेठो छोरा तथा मनमाया थकालीको कान्छो छोरा ।

ढुङ्गाको देवता

  • by

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउला ।

साहित्य र राजनीति

  • by

नेपाली साहित्यमा अत्यन्त चर्चित विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा वीपी कोइराला नामले सम्बोधित हुनुभयो । समाजवादी चिन्तक र आधुनिक प्रजातान्त्रिक चेतका अग्रणी वीपी जयन्तीको महिना भदौमा शून्य-सर्ग अन्तर्गत साहित्य र राजनीति शीर्षक दिएर यो आलेख तयार हुने सुखद संयोग मिल्यो । लाग्छ, विषय शीर्षकको सान्दर्भिकता राजनीति र साहित्यको योग वीपीको जयन्तीमा हुनुले राख्दछ ।

२१ मसान्त चार

  • by

रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले अर्को पुरुषलाई बरण गरेकी छैन, बलात्कारको शिकार भएकी रहिछे भने त्योचाहिँ उसको आफ्नो इच्छा र चाहनाको कुरा होइन । भगवान् अन्तरयामी छ, त्यसैले उसलाई विश्वास छ कि मरेपछि भगवान्को अदालतमा ऊ निश्कलंक निस्किने ठहरिने छे । हो ऊ एक ठाउँमा अड्केर बस्न भने सक्तिन, यताउति डुल्दै रहन्छे, स्थिर भएर बस्न उसको खुट्टामा बसेको शनि चक्रले दिँदै दिन्न । कसैको आश्रयमा बस्न हुँदो रहेनछ भन्ने कटुअनुभव ऊसित छ । सनातनी कर्मकाण्डी पिताको घरमा ऊ जान सक्तिन, आफू जन्मेका यी केही गर्खाहरू छाडेर अन्त कतै जाने उसको मन छैन । महाकाली र सेती नदीको बीचको भू-भाग नै उसको भ्रमणस्थल हो । ऊ दुइटै नदीको उद्गमस्थलसम्म पनि पुगेकी छे सो भन्दा उत्तर ऊ हिउँ र बिष -हावा पातलो हुँदा दम लाग्नूको कारण जान सक्तिन । यसै भू-भागमा कुना काप्चा खोला रोडा डाँडा-काँडामा ऊ घुम्दै रहन्छे ।

जीवनका प्रभाती किरण

  • by

बिहान साढे ४ बजेको होला, झिसमिसेमै अकस्मात् सुन्धाराको धरहराबाट विगुल बज्यो । विगुलको आवाज दुःखद थियो । युगान्त भएको राष्ट्रिय सूचना जस्तोले घडीको क्वाटर हान्दाखेरीको ट्याङ्ग टिङ्ग-टिङ्ग ट्याङ्गसागै सबै हामी ब्युझियौा ।

“लौ बित्यास बन्यो राति एघार बजेदेखि १ बजेसम्म कुरुवा बस्दा हिजै भाइ सिद्धिमणिले आशा छोडिसकेका थिए । गाथका साहस र मुटु गल्दै गएका थिए लौ झट्टै लुगा झिकी दे जानैपर्छ यस्तो बेला । हर्केलाई उठाएर घोडा कसिहाल्न भन् म आइहालेा” बेड स्वीच थिचेर बत्ती बाल्दै मेरा पिताले मेरी आमालाई अह्राउनुभयो । घडीको भित्ता भने स्प्रेहाहीन, कामनाहीन, टिक-ट्याक टिक-ट्याक गरिरहृयो ।

नडामेका मनहरु

  • by

विभाजनले नडामेका मनहरु
आऊ हामी देशको कुरा गरौं
आऊ हामी विकासको कुरा गरौं
विभाजनमा
कुटिएर, छुटिएर, लुटिएर
थिलथिलो भएर पनि केही चाहनाहरु
अझै कामको न्यानो घाम नै खोजिरहेछन्
संसारले धुरी चढ्न खोज्दा हामी
घोडा पनि अर्कैले चढाइदिए हुन्थ्यो भन्न थाल्यौ ।

लोकतान्त्रिक देउडामा रौतहट जिल्ला

  • by

पूर्वमा बाग्मती नदी पश्चिम पर्‍यो वारा
देउडा गीत्को लय हो यो जानी राख्या सारा ।

दक्षिणमा वैर्गनिया अनि सीतामडी जिल्ला
हामी भन्छौ रौतहटलाई लोकतन्त्रको किल्ला । ।

बुझ्नै सारो

  • by

रातले सोध्यो के भयो भनी
भन्न सकिन्न आसु झरिदियो
नसोचेकै बरु बेसै थियो
सोचेजस्तो आज के नै भयो
भुल्न खोज्दा भुल्नै गारो
बुझ्न खोज्दा बुझ्नै सारो ।

गजल

  • by

सहरबाट हैन यौटा कुनाबाट आउछौ हामी
राजनीतिको फुलबारी छेउबाट धाउछौ हामी ।

राजा अनि राजसंस्थालाई दिनुसम्मका शेष गाली
शुद्धरूपमा गणतन्त्रको शान्ति गीत गाउछौ हामी ।

प्रवासमा नेपाली भाषा साहित्यको सेवा

  • by

नेपालभित्रबाट नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका सुधासागर -वि.सं.१९५५) हो । योभन्दा अगाडि नै प्रवासबाट नेपाली भाषामा पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । त्यसैले नेपाली साहित्यको श्रीवृद्धिमा प्रवासको भूमिकालाई कम ठान्नु हुादैन । नेपाली भाषाको पुरानो नाम गोरखा भाषा भएकोले मोतीरामले बनारसबाट प्रकाशित गराएको पहिलो पत्रिकाको नाम गोरखा भारत जीवन -वि.सं. १९४८ तिर) राखेका हुन् ।