Skip to content

समय सारिणीमा मङ्सिरको २१ नाघेको छ । उसो त पानी पर्लापर्ला झैँ गरी अस्तिदेखि नै आकाशले मुख बिगारेको छ । छिनभरमै घाम खुलेर न्यानोपन थप्ने र छिनभरमै बादलले घाम छोपेर चीसो बढ्ने क्रम जारी नै छ ।

महेश एकटकले भित्तातिर हेरिरहेको छ । मानौ उसको मगज र हृदयमा यो मौसमी आद्रता र उष्णताले कुनै प्रभाव पारेको छैन । अविचलित छ ऊ मूर्तिबत् । तर शान् त पोखरीबाट पानी रसारए पोखिएझैँ उसका विस्फारित आँखाहरूबाट अश्रृसरिता रसाएर डम्म भरिएका छन् र आँखाको कोसबाट नजानिदो ढङ्गले पोखिएका छन् ।

‘महेशजी’

इन्चार्ज कमरेडले एकछिनको मौनता तोड्दै कुराको विषय सुरु गर्नुभयो । “यही गाउँको पुछारमा दमन्तीलाई उनीहरूले घेरा मारेर छोपेछन्” बर्बरतम र अमानविय यातना दिदैँ पार्टीको गोपनीयता खुलासा गर्न भनेछन् तर उहाँले पार्टी गोपनीयता खोल्न र गद्दारी गर्न इन्कार गरेपछि चरम यातना दिदैँ अर्धमूर्छित अवस्थामा हात बाँधेर त्यहाँबाट रानीबनको जङ्गल पुर्‍याएछन् ।” बोल्दाबोल्दै इञ्जार्च कमरेड केही भावुक र उत्तेजित जस्ता देखिए र उनले फेरि भने, “हो त्यही जङ्गलमा नराधमहरू सामूहिक बलात्कारपछि गोली हानेर नृशंस प्रकारले उहाँको हत्या गरेछन् । निर्वाङ्ग र कहालीलाग्दो उहाँको सब हिजोमात्र हामीले सम्मानपूर्वक अन्त्यष्ठि गर्‍यौँ ।”

इन्चार्ज कमरेडले अन्तिम वाक्य बोलिसक्दा नसक्दै महेश खालातीमा पोलेको फलाम झैँ पूरै रातो भइसकेको थियो । एकपटक अनायासै परेलाहरू चले महेशका आँखाको कोषबाट नजानिँदो गरी आँसु बग्न थाल्यो र त्यो शीतविन्दुजस्तै तप्प-तप्प भुइँमा र्झन थाल्यो ।

महेश झन्झन् गाढा रातो हुँदै गयो । उसभित्र चलेको अशान्त तूफानको सहजै अनुमान गर्न सकिन्थ्यो ।

‘दमन्ती’

उसले एकपटक दमन्तीलाई सम्झ्यो- ८ महिनामात्र भएछ उनीहरू प्रणयसूत्रमा बाँधिएको । जनमुक्ति आन्दोलनको क्रममा सहकार्य र भावनात्मक सामिप्यका बीचबाट उनीहरू बीचमा मायाको बिजाङ्कुश भएको थियो । केही समयपछि उनीहरूले सङ्घर्ष मै जिउने र मर्ने कसम खादै पार्टीको आयोजनामा जनवादी विवाह गरेका थिए । उसो त बिहेपछि पनि उनीहरूलेसागै बसेर लामो समयसम्म सहकार्य र अन्तरङ्ग गर्न पाएनन् । महेश आˆनो सैन्य मोर्चाको जिम्मेवारी बहन गर्ने गरी सैन्य बटालियन अन्तर्गत ‘ए’ कम्पनीको ‘सी’ प्लाटुनको कमाण्डर बनेर फर्मेशनमा गयो । दमन्ती स्थानीय पार्टी कमिटीमा पार्टी कार्यकर्ताको रूपमा जनताको घरदैलोमा विचारको जागरण सल्काउन क्रियाशील भइन् । सर्वहारा वर्गको मुक्ति र विजयभन्दा अर्को स्वप्त र स्वार्थ केही थिएन उनीहरूको । बिहेपछिसागै बस्न नपाएकोमा पनि कुनै गुनासो थिएन उनीहरूको ।

– दमन्ती तपाईंले के जन्माउने छोरो कि छोरी ?

बिहेपछि अन्तिम भेटमा अन्तरङ्ग भएथ्यो उसको ।

अलिअलि लजाएकी थिई दमन्ती र लज्जाको साथमा उसको कानमा सुस्तरी भनेकी थिई ‘छोरो’ ।

म त तिमीजस्तै साहसी छोरी चाहन्छु, बडो सन्तुलनकासाथ बोलेको थियो महेश । कोरलिन बाँकी छ महिनाको त्यो अबोध चाहानाको शिशु अभिव्यक्त नभएरै फुट्यो । दुःख, सुखको सहारा, विश्वास र समर्पण बतासको एउटै झोक्काले उडाएर कता कता क्षितिजपारि पुर्‍यायो । सम्झनाहरूले महेशलाई झनै बेचैन बनायो । उसको मुटु कसैले थिचेजस्तो बोध भयो । हातगोडाहरू सिस्नोले चिलेझैँ झम्झमाउन थाले । स्वासप्रश्वास बढ्न थाल्यो । ऊ अलिअलि हिक्कहिक्क गर्न थाल्यो । उसको शरीर ऐँठन परेजस्तै गरी नराम्ररी बाँउडियो । उसका आँखाको आँसुलाई माथ गर्ने गरी निधारबाट चिटचिट पसिना बग्न थाले ।

‘महेशजी’

क्रान्तिले आज यिनै महान बलिदानीमा जगहरूमा आˆनो मौलिकता र विजयका श्रृङ्खलाहरू निर्माण गरिरहेको छ र संसारमै हामी आˆनै रगतले इतिहास लेख्ने कालखण्डका ज्यूँदा बहादुर स्रष्टाहरू बनिरहेका छौँ । दमन्ती कमरेडको भौतिक अभाव हाम्रा बीचमा जति पीरो, गहिरो र दुःखदायी छ कयौँ गुणा बढी उहाँले क्रान्ति यात्रामा मार्ग निर्देश र उत्प्रेरणा प्रदान गर्नुभएको छ । उहाँ नेपाली वर्गसङ्घर्ष र मुक्ति आन्दोलनको महान सपुत र सहिद बनेर हामीबीच बाँचिरहनुहुनेछ ।

इञ्चार्ज कमरेडले यति भनिसक्द महेश फरिइसकेको थियो । धीर मुद्रामा महेशले एकपटक निश्वास छोड्यो र यतिमात्र बोल्यो-“दमन्ती र दमन्तीहरूको रगतको सपथ खाएर अन्तिम समयसम्म लडिरहनेछु ।”

मङ्सिरलाई पुसले क्रमशः ठेलिरहेको छ । मौसम उजेलिने र अँधेरीने क्रम सागसागै आज बिहानैबाट सानासाना पानीका चीसा थोपाहरू जमिनमा झर्न थालेका छन् । महेशको सैन्य पङ्क्ति पूरै चङ्ख र सर्तक अवस्थामा छ । हिजो साँझै दुश्मन गाउा पसेको खबर छ । दुश्मनलाई कसरी पराजित गर्ने र जनताको जीउधनको कसरी रक्षा गर्ने भन्ने विषयमा हिजो रातभरी महेशको टेकडीमा छलफल चलेको थियो ।

बिहानको झसिमिसे उज्यालो नहुँदै युद्ध सामग्री तयार पारेर महेशको कमाण्डीङ्गमा ‘सी’ प्लाटुन रानीवनमाथि जङ्गलछेउको सडकको दायाँबायाँ क्यामोˆलाइज गरेर बसिसकेका थिए । उनीहरू सडकको दायाँबायाँ आर्क बिन्यास गरेर बस्नुअघि उपर्युक्त ठाउाँ र प्वाइन्टको छनौट गरी बीस के.जी. का दुईवटा माइनहरू सडकमा गाडीसकेका थिए । त्यसपछि चीसा पानीका थोपाहरूसाग सङ्घर्ष गर्दै हरिया बाबियोका झाम्टा र बुट्यानहरूमा सिनिस्त परेर सुतेका थिए । उनीहरू पूरै जार्गत थिए । क. विकाशको टुकडीले सेन्ट्री गरिरहेको थियो, क. जनकको गु्रपले रिजिट फोर्सको जिम्मेवारी पाएको थियो । क. अकबरको टुकडीले डिफेन्सको जिम्मेवारी पाएको थियो । ऊ आफैँ अर्थात् क. महेश स्वीच एराल्ट गु्रपको नेतृत्त्व गर्दै थियो ।

उषाको लालिमा धर्तीमा खस्न सुरू गर्दानगर्दै कुहिरोले पछ्यौरा ओडाउन सुरू गरिसकेको थियो । केहीबेरअघि परेका पानीका थोपाहरू अब बाक्लिएका थिए । सन्नाटापूर्ण वातावरणमा एकोहोरो पानी परेको आवाजमात्र आइरहेको थियो ।

महेश र उसको सैन्य पङ्क्ति दुश्मनको प्रमुख प्रशासनिक रूटलाई लक्षित गर्दै बसेका थिए ।

बिहान साढे छ बजे दुश्मनका तीनवटा गाडीहरू नजिकै आएको सङ्केत आयो । क. विकाशले हठात् सङ्केत महेशसम्म पुर्‍याए ।

दुश्मनका गाडीहरू नजिकै आइसेकपछि महेशले हातको स्वीच दबायो धर्ती नै थर्किने गरी दुईवटा ठूलठूला बिस्फोटका आवाजहरू आए । धर्ती पूरै धुवाँमय भयो । त्यसपछि महेशको सम्पूर्ण सैन्य पङ्क्तिले आक्रमण केन्दि्रत गर्‍यो । डम्म, पट्टट…पटयाङ्ग.. एक घण्टासम्म यस्ता अनेकौँ आवाजहरूले रानीवन थर्किरह्यो । दुश्मनका दुईवटा गाडी खोलाको किनारमा डड्रङ्ग लडेका थिए । लासको गन्ति गर्ने फूर्सद त्यहाँ थिएन । दुश्मनबाट खोसेका हतियारहरू बोकेर फायर गर्दै महेशको टोली बाक्लो रानीवनभित्र छिर्यो । उनीहरू रानीवन छिमलेर पारीपुग्दासम्म पनि त्यसैगरी चिनगारी घु्रमिएर आकाश माथि-माथिसम्म उडिरहेको थियो ।

महेश टक्क अडियो र हेर्‍यो, घुमि्रएर आकाशिदै गरेको चिमगारी उसले त्यो चिमगारीभित्र दमन्तीको ताजा अनुहार देखेजस्तो महसुस भयो उसलाई । अब उनीहरू तुफानी गतिमा हिँडिरहेका थिए । उनीहरूले आर.भि. मा पुगेर रेडियो खोले । सरकारी रेडियोले फुकिरहेको छ -“रानीवन नजिकै आतङ्कारीहरूसागको भिडन्तमा १२ सैनिक र ७ प्रहरीले वीरगति प्राप्त गरेकाछन् ।” बाहिर पानी रोकिने कुनै छेकछन्द थिएन । पानी झन्झन् दर्किरहेको थियो । बतास झन्झन् मच्चिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *