मधुपर्क २०६५ पुस

चिहान माथिका फूल

“यो त चिहानडाँडा हो दिदी” भाइले विद्यालय जाँदा जहिले पनि सम्झाउँथ्यो । हाम्रो घर वल्लो डाँडामा थियो । बेसीमा विद्यालय, विद्यालय नपुग्दै बीचमा यो घलेहरूको चिहानडाँडा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सागरको भुमरी

  • by

आज धेरै समयपछि फेरि अतीतको पाना पल्टाउन मन लागिरहेछ । सान्फ्रान्सिस्कोको गोल्डेनब्रिजमा उभिँदा मलाई मेरा विगतका भयलाग्दा दृश्यहरूले पछ्यारहेछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तिमीलाई धेरै झपार्नु छ

  • by

तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै तिम्रो तारिफ गरिरहेँ । तिमीले कहिले सुनेकी छौ मैले बदनाम गरेका शब्दहरू ? मेरो बदनामी र तिम्रो बदनामीलाई फरक देख्ने तिम्रो आँखा कस्तो ? हामी त जोडिएको घाँटी पो । हिलो छ्यापिए दुवै मैलिने, काटे दुवैलाई रगत आउने तर तिमी त छ्या, मान्छे भन्नै मन लागेन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालभाषामा साहित्यः इतिहासदेखि वर्तमानसम्म

  • by

नेपाल मण्डलका आदिवासी जाति नेवारहरूको मातृभाषा रहिआएको नेपालभाषा नेपालको आफ्नै लिपि तथा लामो साहित्यिक इतिहास बोकेको भाषा हो । तिब्बती बर्मी भाषा परिवारमा पर्ने यस भाषा लिच्छवि कालदेखि जनभाषाको रूपमा रहिआएको छ भने यस भाषाबाट लेखिएको प्रथम अभिलेखको रूपमा ने.ई.सं. १११५ को ललितपुर रुद्रवर्ण्ामहाविहारस्थित ताड पत्रलाई लिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पदयात्रा गर्ने रहर जाग्दा

  • by

सानो छँदा सोच्थेँ कि, वरिपरिका डाँडाकाँडाहरू काटेर जान पाए कहाँसम्म पुगिन्छ होला ? ठूला मान्छेहरूले मधेस जाने, मधेस जाने भनेको नसुनेको पनि होइन । अन्ततः गाउँ वरिपरिका डाँडाकाँडाहरू काटेर मधेस पनि गइयो । जहाँ पुग्नलाई आफ्नो गाउँघर सम्दु ७ संगपू (सुम्दावा सङबो)देखि देखेका डाँडाकाँडाहरूबाहेक पनि अन्य थुप्रै डाँडोहरूलाई कयौँ दिन लगाएर काट्नु परेको थियो भने सिमरबाट तम्बरखोलाको तीरैतीर लाबरबोटेमा पुगेपछि बल्ल जीप भेटेर चढ्न पाइएको थियो । जुन निक्कै कष्टप्रद यात्रा थियो । बाटामा खुटा सुन्निएर हिँड्नै नहुने भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

महाकविको नौ भाषाको कविता र डा. कोइरालाको अपूरो सामग्री

  • by

संवत् २०६५ साल कात्तिक महिनाको वर्ष ४१ अङ्क ६ पूणर्ाङ्क ४७३ को ‘मधुपर्क’ पत्रिका ‘महाकवि देवकोटा विशेष’ -अङ्क)को रूपमा प्रकाशित भएकोमा यसका सम्पादक एवं ‘मधुपर्क’ सित सम्बन्धित सबैलाई सधन्यवाद बधाई ज्ञापन गर्दछु । विशेष गरेर ‘महाकवि देवकोटाको शतवाषिर्की’ मनाउन तरखर हुन लागेको बेलामा प्रकाशित यो अङ्कको विशेष महìव रहनेछ भनेमा अत्युक्ति हुने छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शीतखोलाको सास्ती र वेदनाले गालेको आँत

  • by

यान्त्रीकरणको सहारामा एकै ठाउँबाट यसरी औँलाले माउस घुमाएर आˆनै अगाडि नवीन विश्वका चामत्कारिक दृश्यहरू ठम्याउने अपूर्व क्षण हो यो । तीसौँ वर्ष पुरानो पाषाणे अनुभव किस्सालाई संस्मरणको पोयोमा उनेर यसरी पस्किँदा शङ्कालु पाठकलाई काल्पनिक, मिथ्या र भ्रमपूर्ण हुनसक्छ घटना तथापि बुकुटोले चिमोटिएका र दुःखसँग अन्तरङ्ग बनेर हिमचिमिएका पाठकलाई पहाडी जीवनको झल्को अवश्य दिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म के लेखूँ ?

  • by

मैले विद्यार्थी जीवनमा एउटा लेख पढेको थिएँ जसको शीर्षक थियो ‘मैं क्या लिखूँ ।’ यस लेखको विषयवस्तु के थियो अहिले बिर्सिसकेको छु तर शीर्षक चाहिँ अहिलेसम्म याद छ । आज आएर यस्तै स्थितिको सामना स्वयंले गर्नु परेपछि यसको मर्म अलिअलि बुझ्न थालेको छु । लेखन एउटा कठिन साधना हो । एउटा कठोर तपस्या हो । लेखनमा निरन्तरता हुनुपर्दछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयाँ नेपालको नयाँ काम

  • by

हाम्रो नेपालमा विभिन्न भाषाभाषी र जनजातिको बसोबास छ । तिनीहरूको रहनसहन, भेषभूषा तथा आनीबानीलगायतका केही कुरामा समानता छैन । नेपालका सबै मानिसको अनुहार, उचाइ र वंशाणुमा समानता नभएपछि सबै कुरामा भिन्नता देखिनु स्वाभाविक नै हो । अहिले भने प्रायः सबैको सोचाइ समानतामा केन्द्रित भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रज्ञाप्रतिष्ठानका केही अनुभूति

  • by

म प्रज्ञाप्रतिष्ठानमा पुग्दा बालचन्द्र शर्मा त छँदै थिए, सोमनाथ र लेखनाथ, बालकृष्ण सम र सिद्धिचरण, भवानी भिक्षु र माधव घिमिरेजस्ता दिग्गज स्रष्टा थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटा बितिसके पनि पछि सूर्यविक्रम ज्ञवाली र लैनसिंह बाङ्देलको समुपस्थिति रहृयो । यी कतिपय स्रष्टा व्यक्तित्वसँग मेरो सम्बन्ध पारिवारिक जस्तै भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली रङ्गमञ्चको मौलिक पहिचान

  • by

नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •