कृष्ण शाह यात्री
सङ्गीतको सबल इतिहास
नेपाली नाट्य, कला र सङ्गीतमा ज्यादै कम्ती पुस्तकहरू लेखिएका छन् । सैद्धान्तिक, व्यवहारिक ज्ञानबाहेक यी विषयका अनुसन्धानात्मक कृतिहरूको त झनै ठूलो अभाव छ । नेपाली सङ्गीतको साङ्गोपाङ्गो अध्ययन गरी लेखिएको कृति ‘नेपाली सङ्गीतका एक शतक’ पाठकसामु ल्याउने काम गरेका छन् सङ्गीतका अध्येता एवम् लेखक प्रकाश सायमीले ।
आऊ नाटक खेलौँ !
(मञ्चमा केही विद्यार्थीहरू गोलो घेरा बनाएर उभिएका हुन्छन् । स्वागत, सम्पदा, श्रेया, आरिफ, बिनिता, आकार, सनीर, दावा सबैजना ध्यानमग्न देखिन्छन् । उनीहरू सबैले एक-अर्काका हात समातेका छन् । सबैले आँखा बन्द गरेका छन् । नाटकका निर्देशक बालक स्वागत र नाटककार बालिका सम्पदाको आँखा भने खुल्लै हुन्छ । उनीहरू सबैजनाले बाघ, भालु, हात्ती, सिंह, दुम्सी, खरायो, कछुवा, गैँडा, स्याल, मयुर आदिका भेषभुषा लगाएका हुन्छन् ।)
रङ्गमञ्चका लागि सार्थक कृति
हिन्दी साहित्यका प्रमुख कवि तथा नाटककार डा. धर्मवीर भारती (१९२६-१९९७) को नाट्यकृति ‘अन्धायुग’ नेपाली भाषामा प्रकाशित भएको छ । यस नाटयकृतिलाई ‘अन्धोयुग’ शीर्षक दिई निरञ्जन बरालले अनुवाद र प्रकाशन गरेका हुन् । ‘गुनाहोका देवता’, ‘सुरजका सातवाँ घोडा’ जस्ता महìवपूर्ण कृतिका स्रष्टा डा. भारतीको ‘अन्धोयुग’ प्रसिद्ध भारतीय नाटक हो । यस नाटकलाई रङ्गमञ्चीय दृष्टिले समेत एक कालजयी नाटक मानिन्छ । यस्तो कृतिलाई नेपालीमा अनुवाद गरेर निरन्जन बरालले प्रशंसनीय काम गरेका छन् ।
बाई बाई विनिता
“अचेल प्रयाग राम्रोसाग कुरा पनि गर्दैन । स-साना कुरामा रिसाउने र र्झकने गर्छ । अचेल उसलाई के भएको छ ?” आमाले प्रशंसालाई सोध्नुभयो ।
“खै ? मलाई यसबारेमा त्यति धेरै थाहा छैन । अचेल ऊ स्कुलमा पनि पढाइमा त्यति ध्यान दिादैन रे । उसका साथीहरू यसै भन्छन् ।” प्रशंसाले भाइ प्रयागको बारेमा आफूलाई थाहा भए जति कुरा आमालाई भनिन् ।
महापात्र
रङ्गमञ्चको मध्यभागमा एउटा विशाल क्यानभास देखिन्छ । क्यानभासमा पुस्तकको अर्धअमूर्त चित्र देखिन्छ । मञ्चको दायाँखण्डको अघिल्तिर कुर्सी , टेबल, कपी, किताब, कलम, टेबल ल्याम्प, डस्टविन, पानी भरिएको जग अदि सामग्रीहरू राखिएका छन् । अर्को कुनामा पुरानो दराज, सोफासेट, कम्प्युटरका साथै भित्तामा क्यालेन्डर, केही सम्मानपत्रहरू झुन्ड्याइएका छन् ।
रङ्गमञ्चमा कविता
वि.सं. २०३९ सालमा र्सवनामका कलाकारहरुले कवि विष्णुविभु घिमिरेको कविता लङ्गडी केटीलाई पाठ्य सामग्रीबाट दृश्यमा अर्थात रङ्गमञ्चमा उतारेको थियो । लङ्गडी केटी को शर्ीष्ा भुमिका निर्वाह गरेकी थिईन् अभिनेत्री बिना बुढाथोकीले र कविताको निर्देशन गरेका थिए निर्देशक अशेष मल्लले । नेपाली रङ्गमञ्चका निम्ति त्यो बेला यो एउटा भिन्न प्रयोग थियो । दर्शकले नौलो स्वाद पाएका थिए भने कविताले पनि नया“ पाठक र स्थान पाएको थियो ।
नेपाली रङ्गमञ्चको मौलिक पहिचान
नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ ।
अन्तिम नायक
पर्दा खुलेपछि रङ्मञ्चको मध्यखण्डमा एउटा ठूलो पिँजडा देखिन्छ । मञ्चको दायाँभागमा ठूलो सेतो स्त्रिmन देखिन्छ । जहाँ ब्रम्हान्डका विभिन्न दृश्यचित्रहरू चलिरहेको हुन्छ । बाँयाखण्डमा टुटेफुटेका शालिक, कङ्काल र प्रयोशालामा सामग्रीहरू छरिएका देखिन्छन् । अनौठो आवान सहितम मञ्चमा रङ्गिन धुँवा मडारिन थाल्छ । मञ्चको स्त्रिmनमा एउटा यान उड्दै गरेको दृश्य देखिन्छ । भयानक आवाजसहित त्यो यान नजिक देखिन्छ । एक्कासी अलोक हराउँछ ।
अझै पनि मुनामदन नै बिक्छ
चार दशकअघि औसतमा एक हजार प्रति छापिने नेपाली साहित्यिक पुस्तकहरू अपवादबाहेक अहिले पनि त्योभन्दा बढी छापिन्नन् । यसले जनसङ्ख्या र साक्षरहरूको वृद्धिका तुलनामा साहित्यको बजार नफस्टाएको, बरु साँघुरिएको जनाउँछ । तर नयाँ शीर्षकका साहित्यिक पुस्तक छापिने क्रम भने बर्सेनी बढ्दो छ । राजधानीमा दिनहुँजसो हुने विमोचन कार्यक्रमहरूले नयाँ तथा पुराना लेखकहरूमा लेख्ने जोश कायमै रहेको देखाउँछन् । साहित्यिक कृति प्रकाशनमा समर्पित साझा प्रकाशन, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान -नेराप्रप्र), रत्नपुस्तक भण्डार, वाणी प्रकाशन, विवेक सिर्जनशीललगायतका प्रकाशनगृहले पनि आफ्नो व्यवसाय धानेकै छन् ।
