संवत् २०६५ साल कात्तिक महिनाको वर्ष ४१ अङ्क ६ पूणर्ाङ्क ४७३ को ‘मधुपर्क’ पत्रिका ‘महाकवि देवकोटा विशेष’ -अङ्क)को रूपमा प्रकाशित भएकोमा यसका सम्पादक एवं ‘मधुपर्क’ सित सम्बन्धित सबैलाई सधन्यवाद बधाई ज्ञापन गर्दछु । विशेष गरेर ‘महाकवि देवकोटाको शतवाषिर्की’ मनाउन तरखर हुन लागेको बेलामा प्रकाशित यो अङ्कको विशेष महìव रहनेछ भनेमा अत्युक्ति हुने छैन ।
यसै प्रसङ्गमा ‘मधुपर्क’ को उक्त अýङ्कमा प्रकाशित महाकवि लक्ष्मीप्रसाद देवकोटासम्बन्धी विभिन्न लेखरचनाहरूमध्ये ‘बहुभाषाका ज्ञाता देवकोटा’ शीर्षकको डा. खेमनाथ कोइरालाद्वारा लिखित लेखमाथि सङ्क्षिप्त टिप्पणी प्रस्तुत गर्नैपर्ने अनुभव भयो । यस लेखमा डा. खेमनाथ कोइरालाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले विभिन्न छ भाषामा लेखेका कविताहरू प्रस्तुत गरिएको कुरा पेट बोलीमा उल्लेख गर्नुभए पनि पत्रिकामा पाँच भाषाका कविताहरू मात्र छापिएका छन् । पाँच भाषाका मात्र कविता छापिए पनि यसबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषाका मात्र हैन अपितु अन्य विभिन्न भाषाका पनि ज्ञाता थिए र उनी एउटै विषयलाई कसरी भाव प्रवाहको रूपमा नदोहोर्याइकन वा दोहोर्याएर पनि अभिव्यक्त गर्न सक्षम् छन् भनी उनको विविध भाषा ज्ञान छर्लङ्ग दर्शाउन सहयोग गरेको छ भन्ने उहाँको भनाइप्रति कसैको दुईमत हुने छैन तर पनि यस लेखमा केही कमी रहेझैँ महसुस हुन गएकोले प्रस्तुत टिप्पणी प्रकाशित गर्न विवश भएको छु ।
प्रथमतः मलाई लाग्छ डा. खेमनाथ कोइरालाले महाकविका ती विभिन्न भाषाका कविताहरू आफूले प्राप्त गर्नुभएको स्रोतको उल्लेख गर्नुभएको भए उपयुक्त हुने थियो । साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाले ती कविताहरू कुन प्रसङ्गमा कहिले लेखेका थिए भनी उल्लेख भएको भए यसबाट पाठकहरू अलमलिने थिएनन् जस्तो लाग्छ । हुन त डा. कोइरालाले उक्त लेखमा ‘सन्दर्भ सूची’ को रूपमा विभिन्न दसजना लेखकहरूले महाकवि देवकोटाको सम्बन्धमा लेखेका दसवटा लेख वा पुस्तकको सूची उल्लेख गरेर स्रोतको सङ्केत गर्न खोज्नुभएको छ तथापि ती कविताहरूको स्रोत र लेखिएको उपलक्ष्यसम्म थाहा पाउन इच्छुक पाठकको निम्ति ती सबै लेख वा पुस्तकहरू खोजीखोजी पढ्नु कतिको सम्भव होला ? अनि ‘सन्दर्भ सूची’ प्रकाशित गरेर लेखकले स्रोतको सङ्केत गर्न खोज्नुभएको हो भनेर मान्ने हो भने पनि के ती सबै उल्लिखित सन्दर्भ सूचीका लेख वा पुस्तकहरूमा पनि डा. कोइरालाले प्रस्तुत गरेको कमी-कमजोरीहरू विद्यमान छन् त ? भन्ने आशङ्का उठ्नु अस्वाभाविक हैन ।
मैले डा. कोइरालाको उक्त लेखमा केही कमी रहेको अनुभव गरेको हो- महाकवि लक्ष्मीप्रसाद देवकोटाले ती कविताहरू पाँच अथवा छ भाषा हैन अपितु -क) संस्कृत -ख) नेपाली -ग) हिन्दी -घ) नेवारे -ङ) बंगाली -च) उर्दू -छ) अङ्ग्रेजी -ज) प|mेञ्च र -झ) जर्मनी गरी नौ भाषाहरूमा लेखेका थिए । अनि उनले यी कविताहरू संवत् २००२ साल मार्ग १४ गतेका दिन तत्कालीन राणा प्रधानमन्त्री श्री ३ महाराज जुद्धशमशेर जङ्गबहादुर राणाले आˆनो पदबाट राजीनामा गरेपछि त्यस बखतको राणा शासनको ‘रोल व्यवस्था’ अनुसार रोलको दोस्रोको क्रममा पुगेका तत्कालीन कमाण्डर इञ्चिफ पद्मशमशेर जङ्गबहादुर राणा नेपालका श्री ३ महाराज भएको उपलक्ष्यमा लेखेका थिए । महाकवि देवकोटाले विभिन्न नौ भाषाहरूमा लेखेका यी कविताहरू सर्वप्रथम संवत् २००२ सालमा ‘शारदा’ पत्रिकाको वर्ष ११
सङ्ख्या ६,७,८ को अङ्कमा ‘नवभाषोद्गार’ शीर्षकबाट प्रकाशित भएका थिए । पहिले त प्रस्तुत टिप्पणीको साथमा माथि उल्लिखित डा. कोइरालाले आˆनो लेखको साथ प्रकाशित गर्नुभएका पाँच भाषाका कविताहरूबाहेकका थप चार भाषाका कविताहरू मात्र प्रकाशित गर्ने कि भन्ने सोच हुँदाहुँदै पनि ‘मधुपर्क’ मा छाएका महाकवि देवकोटाका कविताहरूलाई ‘शारदा’ पत्रिकामा प्रकाशित कविताहरूसित दाँजी हेर्दा डा. कोइरालाले प्रस्तुत गर्नुभएका कविताहरूमा मुद्रणसम्बन्धी धेरै नै गल्तीहरू पाइएकोले उल्लिखित ‘शारदा’ पत्रिकामा प्रकाशित महाकवि देवकोटाका नौ भाषाका कविताहरू नै प्रकाशित गर्नु उपयुक्त हुने ठानी प्रस्तुत गरेको छु-
नव भाषोद्गार (लक्ष्मीप्रसाद देवकोटा)
संस्कृत
उतुङ्ग श्रृङ्गसंघै स्तुहिन गिरिवरो भ्राजते यत्र नित्यं
बृक्षाणां नीलशोभां ग्रसतिच महादर्शवद् यो गिरीणाम ।
गङ्गां पीयूष धारां भुजग गतिमतीं निम्न गाभिः प्रपूणर्ां
धृत्वासौ चन्द्र चूडः पशुपति रनिशं राजते यत्र साक्षात्
आर्या वर्ते सुरम्ये गिरिवनचरभिः शीतले शान्तवाधे
तस्मिन्नेपालदेशे द्विजवर निकरै गीयमाने समन्तात्
बीराणा मग्राण्यः सकल रिपुकुल वात संहार दक्षः
प्रादुर्भूतो नवीनो रविरिव जयतात् पद्मशंशेर जङ्गः
भूयात् भूपश्चिरायुर्विमलकृतियुतो विश्वकीर्ति प्रकाशः
देशादर्शोः महिम्ना विनयगुणगणान् संप्रयच्छन् प्रजाभ्यः
त्राता गोब्राहृमणानां पि्रतृजन सदृशः दूरदर्शी
कर्ता शास्ता च भर्ता भवतुच नितरा मेष नेपालपालः
नेपाली
आज छ हाम्रो सब खुशियाली, आज छ हाम्री श्री उजियाली
आज उदाए अंशुमाली रविकुलनृपमणि पद्म प्रभा ली,
नजर छ हाम्रा सुख-जल-थाली हृदय हाम्रो सकुसुम डाली
स्वदेशका प्रभु उन्नतिमाली समुदित हुनु भो देश उचाली
विहग प्रजाले स्वागत गायौं प्रात सुनौंला प्रभुकी पायौं
उन्नति-पथमा पंख फिजायौं भक्ति सलिलले नजर रसायौं
रामराज्यको सुखमा गायौ रामचन्द्र झैँ प्रभुज पायौं
आदर्श जगत्को दिव्य मनायौँ जन्मोत्सवमा हर्ष उडायौं
दशरथ सुतले पारुन् चिरायु, हनुमान बलिया पारुन् स्नायु
शिवले शासन पारुन् शतायु, भक्त प्रजा हुन् मानो जटायु,
कान्तिपुरी हुन् फेरि अयोध्या वालि सुग्रीवझैँ प्रभुका जोद्धा
रावणरिपुका कर सब काटी दिव्य चलाई नय-परिपाटी
चाल पुराना भद्दा छाँटी न्याय सबैमा स्वीका र बाँटी
धिर शासनले सारालाई मुदित गरी होस् देश भलाई
यत्ति शुभेच्छा पुष्पाञ्जलि होस प्रभुको अगणित भक्त मलाई
हिन्दी
आज हमारा स्वर्ण प्रभात आज हमारा प्रमुदित प्रति
तुहिन शिखर में कीर्ति चमकता सुरभित बहता प्रात प्रवात
हृदयगगन मे तुङ्ग तरङ्ग वनता स्वणिर्म पद्म प्रताप
उदित हुए हैं भारत-नभमे वन नृपमणि जो अविजित आप
रजपूतो के उन्नत रवि सम
जय जय गाते हैं अब सब हम,
उन्नत नित हो जगमग हरदम,
नयपालौं के वाप
द्विज गो रखकर धर्म बढाओ
नव उन्नति के पाठ पढाओ
मारो अरि में चाप
दरिद्रता को दूर हटाओ
हिन्दू राष्ट्र मिलाओ गठाओ
जटिल समस्या सभी पटाओ हरो प्रजाके ताप
सागर पार चलाओ नौका
यशसे भर भर यह है, मौका
फैलाओ स्वर्ण प्रताप
..गभर जलकण उरभर सौरभ
युग युग रखेंगे निहारे गौरव
“कैसे पद्म फुले थे कहेंगे”
भविष्य युगों के आलाप
नेवारे
थो उदित उच्च गगने पद्म संशेर महाराज
गुलि प्रतापी, गुलि वीर,
फुकँ जुजुयां ताज
नेपाल देशया हृदये विराज
फुकँ प्रजा हषिर्त जुया,
स्वर्ण रवि सडश वया,
प्रजाया भक्त हृदय च्वन, सुन्दर आर्यया ताज
राजषिर् जुद्ध विरागी वन,
तपया आसने सृदृढ च्वन,
श्री पद्म प्रभुत वँ बियावन
श्रीपेच शक्तिया साज
शिक्षाया उन्नति अत्यन्त जुइगु ।
राष्ट्रिय जोश प्रजाए पुइगु ।
नेपालया क्षँ समुच्च जुइगु ।
सकल देशया माझ
जय जुइमा, जय जुइमा, श्री पद्महाराज
ए कीजा स्वाँहीं ए कीजा ताय हों
श्री तीन पद्म्या जन्मोत्सव हृविने
पूजा याय झिपिंसँ हषिर्त मने
प्रजाया बुवा
जुजुया जुजु
श्री पद्म महाराज
बंगाली
आमार देशे दृपतिवेशे श्री तीन महाराज
पद्मसंशेर जङ
पद्संशेर जङ
स्वर्णप्राते मधुरवाते घन यशेर संघाते
उड रे हृद् विहंग
आज आमार स्वर्ण युगेर खुलिया गेल स्वर्ण द्वार
धारेछ हे पद्मसंशेर आज आमार देशभार
आमार झरे हर्ष अश्रु, करिते जयनिनाद,
तृप मणिके उपहार
आज आमार स्वर्ण भाषा, आज आमार विहग आशा
आज हृदय चढ्रे शिखर
तुङ्ग तुहिन सार
रामराज्य आज खुल्छे पूर्व कनकद्वार
चाहितेछ नृपेरमणि सकल देशोद्वार
उन्नति अपार
साहित्येर सोना खानी, दरिद्रेर कर्ण दानी,
विदुर सदृश सत्यज्ञानी, आर्त जनेर चोखेरा पानी,
वीरतार अभिमानी,
प्रजार प्रजा राजार राजा साधु द्विजेर मर्मज्ञानी,
दयार अवतार
पद्मसंशेर प्रभु हन रघुनाथ प्रकार
आपनार देशेर सेवक सुन्दर, प्रजार भृत्येर पार
उन्नतिपथे चालावी देश, करो हे उद्धार
आज स्वर्ण प्रभाते आमार हृदयोङ्गार
उर्दू
जहाँ के ताज हे शाहा Û बनाओ मुल्क जन्नतसा
खुदारके नूरसा चमके तुम्हारे ताजे नूरानी
सुनो फरियाद बेकसका करो इन्साफ दुन्याँमें
बुरे जो रश्मे देरीना गढे वो अपने कब्रो में
सबेरा है तुम सूरज हो- वने चीडीया सभी के दिल
नये ख्वाबोंसे उडते है हवा है जोश पंखों में
तुम्हारा राज हो लम्बा तुम्हारा ताज हो जगमग
बढेंगें हम बनेंगे हम तुम्हारा आशराओंमे
मिले खिलअत जहाँ लायक
कुसूर में मार इन्साफी
मुवारक हो मुवारक हो
जो दिलमें रखते हो साफी
अंग्रेजी
Where Himalay’s glories shine
Up the blue hills, up the pine,
With his snowy diadems fine,
Heaven kissing rose and gold.
Smiles a land of plenty fair
Rich and green and debonais
Where lie lapios fold on fold
Where the holy rivers run
Zigzag serpents in the Sun
Down the mountains one by one,
Nature’s silver jubilee
Where the rainbow flowers unfurl
Tender beauties spells uncurl
And the clouds smile as they swirl,
And the hills rise heavily
Where the Sacrificial smoke
Mounts the emerald budded twig
In serpentine curls that choke
The burgeoning leaf-buds growing big
And the gay birds Vedas chant
Up the velvet coloured slant
Pilgrims come and breathe the air
Balmy with a fragrance fair
There the Malaya fairies fan
Rocks of god and fares of man
Where the Eterinal cooly curls,
Round the rock impeded swirls
Here dwells Nepal, Nepal queen
In the lazuli dovely scene
Queen of Aryans wealth and all
By the rain bow foaming fall
Green her tresses silken sweet
And her eyes are silver lakes
Hers the voice where gay birds greet
The over flowering pendent brakes
Kal kal, kal her waters shine
Cool as dew and sweet as wine
And she rides the spotted pard
On the slanting mountain sward
Blue her blouse of torquoise hill
Where the sweetest warblers trill
And the sky-trail bangles twine.
Round her snowy blossoms fine.
Here we hail a premier new
Hearts of joy and eyes of dew
“ather to our “ather land
Pilot to our nation grand
Man of iron will like rocks
Yet with mercy’s blooming flocks
Kind as falls and large as skies
He has the statesman prophet’s eyes
Hoar with wisdom pure as snow
Green energies in him grow
Ram Rajya’s grand ensign
Sure he will all kings outshine
In his heart a lily blooms
Purely white like Aryan Plumes
Guardian to our golden shrine
Live he long and save our kine
This his birthday this our dawn
Let us shout and leap and run
It is our golden age they say
Is Paradise gained today
Hope we here to see such things
As never were dreamt of by old kings
Richer progress than the days
Wealth untold like solar rays
Glorious fruits and glorious finds
And calm and happy working minds.
Clearing of the fogs and light
That brings our paradise in sight
फ्रेन्च
Quand’le matin ouverte l’or
Ou la neiger de l’ orient pur
Dans le ciel de Nepal brille
La gloire magnifique de haute taille
Indescriptible nous la joie
Ascends deja la ciel nous roie
Padma shum shere Jung
Le successeur de succes
De Joodha Shum shre Jung
Ii a prendre bien soin
De la Countries au plue haute point
Ils gloire retentir deja loin
Vive nous “remier depuis long temps
Padma Shum shere Jung.
जर्मनी
Nach Abdankung glorreich’
Von Joodha shum shere jung
Den thron aufsteigt der herrlich
Padma Shum Shere Jung,
Der heilige Geistlicher
Verliess wann all fuer Gott,
Weinte ganz das Nepal Land
“uer “uehrer joodha den Lotse
Hente ist das Land geregiert
Von PadmaShum Shere Jung,
Lang leb Û unser geistlicher,
Grossartig sei die Herrlichkeit;
Lang lebe Û lebe Û land Û
Sei er beruhmtester Koenig
Um die Regierung recht zu fuehren
So fuehlin wir fuer den Mangel von Joodha
Den Kummer nicht, gar nicht.
मधुपर्क पुष, २०६५
