Skip to content


मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।

आगोको तातो असिना खन्या बादल कुर्लेर
क्षितिज चिर्ने आवाज सुना सागर उर्लेर

बदलिनुपर्छ धमिलो नक्सा सम्पूर्ण धर्तीको
गुञ्जिनुपर्छ एउटै गीत विश्वमा प्रीतिको ।

रगतको रङ चिन्न निर्मल आँखा चाहिन्छ
जीवनको अर्थ बुझ्न सरल भाका चाहिन्छ

उमि्रनुपर्छ मुटुमुटुमा पवित्र भावना
बर्सिनुपर्छ शान्तिको ज्योति मेट्न तिर्सना ।

मौनतालाई टुक्राइदिने सुसेल ए आँधी
भैँचालोले खोलोस् आँखा भाँचेर समाधि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *