Skip to content

मधुपर्क २०६६ मंसिर

सङ्क्रमणकाल

  • by

यो तस्बिरमा जुन मान्छे देखिइरहेको छ, यद्यपि त्यो तस्बिर यहाँ छाप्न सकिएन, त्यो मरिसकेको छ । गोपाल त्यो तस्बिर खल्तीमा राखेर हिँड्छ र उसको यो बानी भइसकेको छ, कहिलेदेखि हो त्यो भन्न सकिन्न, तर मैले उसलाई भेटेदेखि, चिनेदेखि भनौँ न, मैले थाहा पाइराखेको कुरो हो यो । ऊ अस्थायी मान्छे हो, भन्नाले कहीँ पनि स्थायी नोकरी पाउन सकेको छैन । परिवार पनि छन् । उसकी स्वास्नीको कुरो पनि छ । केटाकेटी त स्कुल जाँदै छन् तर उनीहरू सामान्यभन्दा अलि बढी खर्च लाग्ने स्कुलमा पढ्छन् र निश्चय नै यो उसको आम्दानीले थेग्न सक्ने होइन ।

पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

  • by

प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु स्वभाविक मानिन्छ ।

सहर र सपनाका कवि

  • by

। अनिद्राले ग्रस्त सहर वा व्यक्तिको स्थिति मानसिक रोगीको हो, यस प्रकारको मानसिक रोगबाट व्यक्ति त्यसबेला पीडित बन्छ जब मन वा मस्तिष्कमा थुप्रै विचारको हावाहुरी चल्छ रक्तचाप बढ्छ, मानसिक तनाव वा चाप बढ्छ । एक प्रकारले इच्छा, विचार अनि वास्तविक जीवनको बीचको सङ्घर्षमा परेर व्यक्तिमा भय उत्पन्न हुन्छ, त्यसबेला व्यक्तिलाई निद्रा लाग्दैन ।

रोल्पा र रुकुमका सम्पदाहरू

  • by

कुनै पनि देशको कुनै पनि समयको कला, वास्तुकलाले त्यस देशको तत्कालीन सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक एवं वैदेशिक सम्बन्धका बारेमा समेत जानकारी दिने काम गरेको हुन्छ । कलाले मानव सभ्यताको उचाइलाई नाप्ने काम गर्दछ । जुन समयमा कलाको राम्रो विकास भएको हुन्छ, त्यस समयमा देश हरेक दृष्टिले सम्पन्न थियो भन्ने कुरा बुझ्न सकिन्छ ।

हिन्दू समाजमा अन्त्येष्टि संस्कार

  • by

संस्कार शब्दको प्रयोग अनेक अर्थमा भएको छ । संस्कारको शाब्दिक अर्थ शुद्धि, सुधार अथाव सफाइ हो । जीवनलाई शुद्ध पार्न समुचित तरिकाले गरिएको कार्य पद्धति नै संस्कार हो । यसै शाब्दिक अर्थको आधारमा संस्कारमार्फत आत्मा शुद्ध हुन्छ भन्ने कुरा थाहा हुन्छ । जन्मदेखि मृत्युसम्मको परम्परागत क्रिया हिन्दूहरूका लागि आवश्यक छ किनभने संस्कारविना जीवनको परिशुद्धि अथवा आत्माको उन्नति हुन सक्दैन ।

मृत्युपछिको मेरो जीवित अनुभव

  • by

यस संसारमा जन्मने हरेक मानिसका आ-आफ्नै जीवनकथाहरू छन् । कसैसँग सुखद कथा होलान् भने कतिका जीवनकथाहरू कहालीलाग्दो र दुःखद होलान् । पात्र र परिवेशअनुसार सबैका अलगअलग अध्याय र अनुभव भएजस्तै केही कथा र व्यथा मेरा पनि छन् ।

जीवनको विनिर्माण

  • by

जीवन विनिर्मित अवस्थामा सधैँ अस्थिर नै चल्दोरहेछ । यसका आयतनहरू र यसभित्रका सम्भावनाहरूले समय अनि परिस्थितिअनुसार क्रमशः परिवर्तित हुने नियतिको कारण लयको कुनै विशिष्ट रूपको निर्धारण गर्दै अगाडि बढ्दा रहेछन् । हिजो म जे थिएँ, त्यो आज पक्कै पनि हुन्न । आज म जे छु, अवश्य पनि भोलि त्यही रूपमा रहिरहन्न । नदीमा पानी कति बग्यो कति ! के त्यसको लेखाजोखा आजसम्म कसैले गर्न सकेको छ ?

त्यो अलच्छिना क्षण

  • by

त्यो अलच्छिना क्षण सम्झँदा मन नै जिरिङ्ग हुन्छ । मुटु थरथर काम्न थाल्छ । जीउ शिथिल हुन पुग्छ । म संवेदनहीन हुनपुग्छु तर के गर्नु, त्यो अलच्छिना क्षण मलाई पछ्याइरहन्छ, पछ्याइरहन्छ । आँखा चिम्लँदा पनि बिझाउँछ, आँखा खोल्दा पनि बिझाइरहन्छ ।

वीरयोद्धा काङ्सो रे

पल्लो किराँत लिम्बूवान् क्षेत्रका केही ठाउँ कब्जा गर्न गोर्खाली सेना सफल भए तापनि कतिपय ठाउँमा हार र क्षति बेहोर्नु परेको थियो । पल्लो किराँत हात पार्नका लागि पृथ्वीनारायण शाहले अभिमानसिंह बस्नेतको नेतृत्वमा गोर्खाली फौज पठाएका थिए । यसरी हारको सामना गर्न बाध्य गोर्खाली सेनाले सैन्य रणनीतिबाट विजय प्राप्त गर्न नसकेकाले अब कूटनीतिक प्रयोगद्वारा लिम्बू जातिको भूगोल आफ्नो हातमा पार्ने प्रपञ्च रच्न थाले ।

एक सुन्दरी च्यामिनीप्रतिको सिर्जनात्मक अनुराग

  • by

मान्छे मान्छे बीचको वर्णभेद, विभेद र श्रेणीकरण सामाजिक जीवनको सर्वाधिक कुरूप कुरीति हो । आस्थागत र नैतिकरूपमा जेसुकै भए पनि पूर्वीय दर्शनको कतिपय सुन्दरतालाई यसले प्रभावित गर्दछ । एक्काइसौँ शताब्दीमा समेत दक्षिण एसियाली परिवेशमा जातिवादका जुन दुष्परिणाम छन् त्यसले भविष्यको लामो कालावधि अझै ग्रस्त हुने लक्षण छ ।

……रोऊँ रुन सकिएन

एक जना दुर्मुख मित्रले एक बिहान फोनमा भने “सर, कलैया आउने होइन ?”

कलैयाको नाम सुन्नासाथ एक्कासि जीउमा काँडा उम्रन थाल्दछन्, मुटु कुड्किन थाल्दछ, मनस्थिति अनायास ऐंठन परेर बटारिन/हुँडलिन थाल्दछ र अगाडिबाट कुनै हिंस्रक पशु उभिएर सातो लिन थालेझैँ लाग्छ ।

वर्ण विन्यासः पदयोग र पदवियोग

  • by

वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । लेख्य भाषाका आफ्नै विशेषताले गर्दा लेखाइमा अनेक त्रुटि हुनु, प्रयोक्तालाई कठिनाइ पर्नु स्वाभाविक हो । यी कुराहरूप्रति सचेत हुनु सम्बद्ध पक्षको जिम्मेवारी हो । भाषाको आधुनिकीकरण र मानकीकरणको प्रयास सँगसँगै हुनु वाञ्छनीय छ । भाषालाई सबल र गतिशील बनाउन यस्ता प्रयास निरन्तर हुनुपर्छ । नेपाली वर्ण विन्याससम्बन्धी मान्यता सबैका लागि स्वीकार्य र सरल हुनुपर्छ ।