मेरा आँखा अगाडि
बुर्लुक्क उफ्रने साँढेका सिङहरूबाट
अजस्र ‘दूध’ का धाराहरू चुहिरहेका छन्
र मानव भीड पङ्क्तिबद्ध
दूधेरो बोकेर उभिएको छ
कसैका बाल्टीभरि दूध छ
मर्ने मरे घाइते भई कोही ज्यूदै मरे यहा
तिनैको रक्त-धाराले धर्ती रक्ताम्य भो यहा
तिनै बन्दुक भई पड्की राजतन्त्र ढल्यो यहा
तिनैको रक्त सिञ्चेर गणतन्त्र फल्यो यहा ।
साझको जून टिपेर आखामा
अभावको घोप्टेभिर नाघ्दै
तिमी फूल्ने फाटतिर म झरेको रात
चमेलीका फूल सिउरेर टाउकाभरि
कस्तरी फक्रिएकी थियौ तिमी
जूनेली भएर सेताम्य फाटभरि
लक्षुमनीया ! म सम्झिरहेछु ।