प्रेसर कुकर बमले ध्वस्त बनेका
टेलिफोनका टावरहरू
सकेट बम र एम्बुसमा परेका
सरकारी कार्यालय र गाडीहरू
अहिलेसम्म
खण्डहर र अवशेष बा“चेका छन्
घाउ खाटो बस्ने कुनै छा“ट छैन
पुख्र्यौली थातथलो छाडेर
शरणार्थी मनहरू
अझै त्रासमा बा“चेका छन्
गाउ“ र्फकने अझै गतिलो आ“ट छैन †
कति विध्वंसकारी बन्दो रहेछ प्रकृति
मान्छेभन्दा पनि
युद्धले कमसेकम अवशेष छाड्छ इतिहासलाई
हिरोसिमा र नागासाकीजस्तै
मङ्गलसेन र गोरखा दरबारजस्तै
तर क्रूर सप्तकोसी
अवशेष निमिट्यान्न पारेर बग्छ
न इतिहासलाई प्रमाण छोड्छ
न भविष्यलाई आश्वस्त पार्छ
मेरो परिवारको एउटा संसार
आज सप्तकोसी छालस“गै
इतिहास बनेर परदेश लाग्छ ।
नेपाल साप्ताहिक ३१३
