Skip to content

शीत घाटीमा लालीगुरासको

  • by


शीत घाटीमा लालीगुरासको पर्खालभित्र,
निष्कपट मलाई पर्खिरहेकी रारा तिमी
तिमी जहा छ्यौ त्यहा आनन्द नै आनन्द छ ।

बादल च्याती चिहाइरहेको अरूणको लालिमा
प्रतिविम्बित गरिरहेकी रारा तिमी
तिमी जहा छ्यौ त्यहा सुन्दरता नै सुन्दरता छ ।

विहंगम छायानाथ हिमाललाई आˆनो छातीमा
मलाईजस्तै समेटेकी रारा तिमी
तिमी जहाा छ्यौ त्यहाा माया नै माया छ

हरिया सल्ला र पक्षीको सुसेलीबाट सिर्जित
अमर सङ्गीत श्रवणमा मग्न रारा तिमी
तिमी जहा छ्यौ त्यहा सिर्जना नै सिर्जना छ ।

हिमाली बतासको मन्द-मन्द झोकाबाट
तरङ्गीत भई हासिरहेकी रारा तिमी
तिमी जहा छ्यौ त्यहा निश्चलता नै निश्चलता छ ।

सौन्दर्यको मृगतृष्णामा व्याकुल,
पारखीको प्यास मेटाउने रारा तिमी
तिमी जहा छ्यौ त्यहा तृप्ति नै तृप्ति छ ।

आनन्द सौन्दर्यको माया सिर्जित गरी
निश्चलतापूर्वक तृप्ति दिने रारा तिमी
तिमी जहा छ्यौ त्यहा स्वर्ग नै स्वर्ग छ ।

जीवन जटिलताबाट मुक्तिको लागि
ज्ञान खोज्नेहरूको गन्तव्य रारा तिमी
तिमी जहा छ्यौ त्यहा मोक्ष नै मोक्ष छ ।

-रारा, मुगु

Leave a Reply

Your email address will not be published. Required fields are marked *