फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल,
नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फुलोस् अब सदा पाखा पखेरा महाँ ॥
॥१॥
खलपुत्रद्वारा पिता नजरबन्द गरिएपछि
ताजमहलको संगीत लाटो भएको
थियो
खलपुत्रद्वारा पितृहत्या र मातृविवाहपछि
टाइरेसियसको
भविष्यवाणी
महाविनाशको शढ्खघोष भएको थियो
किताब किन्न्ा गएकी आमा फर्किनन्
स्कुल जाने बेला भैसक्यो फर्किनन्
अस्पताल पुगेर खबर फक्र्यो
उपचार ह“ुदाह“ुदै मरेको खबर फक्र्यो
मेरो पढ्ने इच्छाको चन्द्रमा
आमास“गै मरिन्, आमा भएर मरिन्
गरुड फेदकै बाटो भएर
गएको जात्राको रौनक
साटिएको छ घरिघरि
दुःख र रुवाइको सम्पन्न खबर भएर
डबलीमा खेलिरहेका
स-साना नानीहरूका आ“खामा
हिजो बेलुका समाचारको दृश्य
डोरिएको छ
कुन्नि कुन मानसरोवरबाट थालियो
मेरो चेतनाको ब्रहृमपुत्र । र कुन्नि कति टाढा छ
समाप्तिको बङ्गोपसागर ?
दरिद्रयसित डराएको माझी । र माझीसित
डराएका माछाहरु,
सपनासित झस्किएको निद्रा । र निद्रासित
कहालिएका आँखाहरु ।
आज, तिम्रा रगतका थोपाहरु
मेरा सितारका तारहरुमा
छल्किरहेछन्…
म, मेरो अलपत्रे बाँसुरीमा
केवल तिमीलाई भर्न चाहान्छु…
तिम्रो एकथोपा रगतको बदला
मैले केही दिनुपर्दा
म, तिमीलाई
मेरो जनमभरको आँसु कैद गरेर
मेरो कविताका उत्कृष्ट भावहरुको
अर्घ दिन चाहान्छु
विभाजनले नडामेका मनहरु
आऊ हामी देशको कुरा गरौं
आऊ हामी विकासको कुरा गरौं
विभाजनमा
कुटिएर, छुटिएर, लुटिएर
थिलथिलो भएर पनि केही चाहनाहरु
अझै कामको न्यानो घाम नै खोजिरहेछन्
संसारले धुरी चढ्न खोज्दा हामी
घोडा पनि अर्कैले चढाइदिए हुन्थ्यो भन्न थाल्यौ ।