Skip to content

आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन

  • by


आफ्ना को हुन् बिरानोको मनले किन ठम्याउदैन ?
जीवन यसै वित्ने हो कि गम्दा सोच्दा फेला पार्न ।।

देख्दा हेर्दा आफन्तै हुन् परिआउदा कोही हुदैन
आˆना भनी कसलाई भन्ने जाच्ने कुनै कसी छैन
भन्नलाई त मान्छे भन्छन् आफन्त नै काम लाग्छ
परिवर्तित वातावरणले भर पर्न नै गाह्रो भा’छ ।।

सबै भन्छन् सतीबाट सराप पर्दा सत नै छैन
टाठाबाठा जान्नेले नै पाइरा’ छन् चयनै चयन
इमान जमान साची राख्नेबेला बखत परै भाग्यो
कर्तव्यलाई पुजी ठान्ने सभ्यता नै कोल्टे लाग्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *