Skip to content

कविता

विजया दशमी २०६५ को शुभकामना

  • by

विश्वास सुखको सबैमा जागोस्
जरा फैलियोस् लटरम्म बृक्षमा फल लागोस्
यावत सृष्टिका प्राणी रमाउन्
दशैं आयो विजयाको आशिर्वाद लागोस् ।

घाम उही हो

  • by

तिहारको यो सुन्दर पर्व विना टीका नै बित्न गयो
गाईपूजा कसरी गर्नु? स्मृति मात्र अब शेष भयो
लक्ष्मी सम्झेँ मैनवत्तीले सिँगार्न खोजेँ डेरामा
भैलो खेल्ने द्यौसी खेल्ने आउँदैनन् अब मेरामा

यात्रा नर्फकने गरि

  • by

विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ ।

थारो कविता

  • by

पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता –
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।

चराहरू गीत गाउँदैनन्

  • by

रक्त आहाल यो परिवेश
युद्धहिंसाले दुखेको देश
ओहो कस्तो चित्र ?
गाढापीडा मनभित्र
यस्तो दृश्य आँखामा टाँसेर
यातना आफैं अविश्रान्त भोगेर

म सानो छँदा

  • by

म सानो छँदा
बमजनी आमै जाडोमा मकल ताप्दै
दन्त्यकथा सुनाउनु हुन्थ्यो
मुसङखेले बा हातमा अण्डा खेलाउँदै
अक्षता र्छर्केर लागो झार्नु हुन्थ्यो

पानीको स्वभाव

  • by

पानी,
पन्यालो, यौगिक वस्तु
जीवको जीवन रस,
भिरालो तिरको
आकर्ष मौलोमा
आफ्नो जीवन निरस्त पार्दै
कुनै बेला मरुभूमिमा अल्पिने
लुकुवा प्रकृतिको यो