कविता
हर जुनेली रातहरुमा
हर बासन्ती पालुवामा तिम्रै आभा देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥
लेक – बेंशी, कन्दरामा तिम्रो निश्वास जस्तो वतास,
बुकी -फूलको सु-वासना तिम्रै साथ जस्तो आभाष ।
कोइलीले ‘कोहो ! कोहो !’ तिम्रै स्वरमा गाए जस्तो,
इन्द्रेणीले सातै रंग तिम्रै रुपमा पाए जस्तो ॥
हर कोपिला तिम्रै निम्ति फक्रिएको देख्छु म त,
हर जुनेली रातहरुमा तिम्रै छाया देख्छु म त ॥
पहरामा छंगिएकी स्वच्छ, निर्मल, कञ्चन झरना,
वन – पाखा हरियाली, तिम्रो मात्र तिम्रो बर्णन ।
