हो आज मैले धेरै धेरै पिएँ
‘अलि’ भन्दाभन्दै निक्कै धेरै पिएँ
करले होइन
आज रहरले पिएँ
नत कुनै खुशी थियो
नत कुनै दु:ख
पिउने आदत छोड्छु भन्दाभन्दै
आज झन धेरै पिएँ
पाइला निरन्तर बढिरहेकै छन्
लक्ष्य तैपनि अदृश्य नै छ ।
हातहरू निरन्तर खटिरहेकै छन्
पेट तैपनि भोकै छ ।
संघर्षहरू निरन्तर चलिरहेकै छन्
विभेद तैपनि बढ्दो छ ।
तिमी हिमाल हेर्दै
कति खुशी हुन्थ्यौ
तश्वीर टाँसेर भित्तामा हेर्दै
कत्ति रोमाञ्चित हुन्थ्यौ तिमी
शायद सोच्दथ्यौ होला
म पनि हिमाल जस्तै शुन्दर हुन पाउँ
हिमाल जस्तै अग्लो हुन पाउँ
आज तिम्रो यो इच्छा पूरा भएकोछ
तिमी शुन्दर अग्ला हिमालसितै
एकाकार भएका छौ ।
के यो कुरुक्षेत्र हो ?
जताततै
मुकुन्डामा छेलिएर मान्छे
मान्छेलाई नै तर्साइरहेछन्
आपसमा तीर, पीर सबै बर्साइरहेछ
अनगिन्ती निसानाबाट जोगिँदै
कताकता भागौँ म ?
डसिँदै कहाँकहाँ लखेटिऔँ म ?
चिन्दिनँ खै ! को मान्छे ? को हो !
केवल मुकुन्डै–मुकुन्डा मात्र छन् !
बर्खे भेल
उर्लेर गडगडाउँदै
उँधो-उँधो बग्दै आउँदा
संघर्षशीलहरुको
एउटा ठूलो दस्ता बनाएर
उभौलीमा
पहाड जत्रै विराट संघर्ष बोकेर
नदीको वेग,
पानीको उल्टो धार
केही नभनी
उकालै उकालो चढिजाने
संघर्षशील माछाहरु,
तिनीहरु
मानव सभ्यतामा पूजनीय हुन् ।
लोकका आँखामा त्यो एक कुरुप, हेर्दा अनाकर्षक,
छुँदा झन् एलर्जिक, आँङै सिरिङ्ग बनाउने
एउटा महìवहीन कीरो हुन सक्ला
अनि बोट, बिरुवा एवं कलिला टुसा-मुनाका लागि