आँफै मात्रै भए पो यो , परिचय मेरो,
नाम मात्र प्रसस्त थ्यो, बुझ्न सेरो फेरो,
प्रयोग मा अझै जारी , बुझ्न आफुलाई ,
कन्हा छु खै म मात्र त्यो , नाम भन्नलाई।
लुछालुछ खोसाखोस र तानातानले
चोली अझै च्यातिदै गएकॊ छ
फाटेको चोली फेरी दिन्छु भन्ने छोरो
भीडभित्रै खोई कता पो हराईरहेको छ
पीडामा मल्हम लगाउने कुरा गर्ने छोरो
आज भोली साँढा पल्टेको छ
यता ठग्दैछ उता ठग्दैछ
मानौ यस्तो लाग्दैछ ठगीकै खेती गर्दैछ
कतै त्यो मेरो देश त होईन
असाध्यै डर लागिरहेको छ ।
सुर नचढी फुर्दै नफुर्नेः जाँड कवि
अप्ठ्यारो टेढो मात्रै कुरा गर्नेः टाँड कवि
अरू मिलेको हेर्नै नसक्नेः भाँड कवि
बोल्यो कि हान्न खोज्नेः साँड कवि
जाँड कवि, टाँड कवि, साँड कवि ।