Skip to content

गद्य कविता

अँध्यारोका विरुद्धमा

  • by

अँध्यारोले मलाई लखेट्दै आयो
म भाग्दै गएँ/अझै दौडँदै गएँ
झनै ठूलो विश्वास बोकेर
ऊ मलाई झम्टँदै आयो
मेरो भगाइकै समदूरीमा
बन्दुक, तरबार र बमगोला
सबै सबै चीज बोकेर
ऊ मलाई लखेट्दै आयो ।

आजकल मलाई

लाग्छ आजकल म
सधैंजसो एउटा छायाँ बोकेर हिंड्छु
अरूका मनहरू कालो बादलजस्तो
पहाडको अर्न्तर्तरङ्ग बुझन
बिस्तारै वरिपरि घुमेजस्तै
मेरो वरिपरि घुम्छन्
अनेकौं आकृतिहरूमा
आफ्नै मन बोकेर हिंड्छु

आवाज

  • by

कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत
म
संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।

छली मुस्कान

  • by

तिम्रो आँखामा पोखिएको सपनाजस्तो
मसँग केही छैन
जीवनको उमङ्ग ।

छन् त
खालि यी नीला सागर छन्
जसमा सल्बलाइरहेछन् अनेक दुःखहरु
यो विरही क्षितिज छ
र केही उदास गीतहरु
जो तिम्रो सम्झनामा अनायासै आइदिन्छ ।

मेरो सपना

  • by

लामो युगको साधनाले बुनेको
एउटा सपना छ मसाग ।

थरीथरीका आासु
किसिमकिसिमका व्यथा
कैयौा प्रकारका सहने तरिकाको मिश्रणका बीच
नचर्किएर, नधमिलिएर, नहराएर रहेको
एउटा सपना छ मसाग ।

चिन्तनहरू

  • by

द्वारहरूको मुण्डमाला
अब दृश्य भएर आएका छन्
सडकमा भीर खसेको जस्तो लाग्छ
त्यसैले
भीडसँग भेट नहोस् भनेर
गल्लीतिर पसेको नेताको नियति
वास्तविक दृश्यहरू बनेर झल्किरहेका छन्

स्ट्याचु अफ लिबर्टी र म

  • by

मेरो आस्थाको बन्दी तिमीलाई
सुरक्षा क्यामरामा राख्न
प्रत्यक्ष रूपमा जिम्मेवार म
तिमीप्रति समर्पित स्मारक
भत्काऊँ कि
अनावरण गरूँ
अहिले धर्मसङ्कटमा छु

रन्थनिएर ईलाका, बस्ती र गाउँ

  • by

बेर छैन अब चुनामीको रुप बनेर एकै चोटि बडार्न
बेर छैन कालो बत्छिम र कालो अरींगाल बनेर घेर्न
बेर छैन गोमन सर्प बनेर पाउ देखी सिर सम्म बेर्न
बॆर छैन अब पापहरु सबै एक एक भन्डाफोर गर्न

सर्त

  • by

म तयार छु
उनीहस्को पछि लाग्न
तर उनीहरु सँग आँखा हुनर्ुपर्छ
म साँच्चै तयार छु
उनीहरुको पछि लाग्न
तर उनीहरु सँग
शिखर चढ्रन तयार
सबल खुट्टा हुनुपर्छ
म वर्षौदेखि खोजीरहेछु
नयाँ मान्छेहरु ।

छायाहरूको जुलुस

  • by

युनानी सभ्यताको भग्नावशेषजस्तो
कुनै पुरानो सहरको
धुलाम्मे सा“घुरो गल्लीमा
कोलाहलपर्ूण्ा जुलुस घिस्रि“दैछ
मेरा आफ्नै छायाहरूको ।

तीन कविता

निचरेर सुकाएको आकाश

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।