Skip to content

यद्धविराम भएको छैन

  • by

तिमीसँग मेरो भिषण संघर्ष छ
यथावत् छ
तिमी मेरो नजीक नआउनु भनेको छु ।

मेरो बुद्धलाई
यथास्थानमा राख्न
मेरो शान्तिसैनिकलाई परिचालन गरेको छु ।

तिमीले मेरो कुरा नसुने
निर्णायक संघर्ष गर्ने छु ।

मेरो आफ्नो सैनिकले
शहरमा नियन्त्रण कायम गरेको छ

तिम्रो आक्रमणविरुद्ध
आत्मसमर्पण नगर्ने
विचार गरेको छु ।

तिमीलाई युद्धमोर्चामा
पराजित गरेको छु
धेरैछोटि ।

मेरो झन्डा गाडेको छु
तिम्रो
अमरावतीमा !

शहरमा पस्ने
सबै सीमा काटेको छु
युद्ध नरोक्ने नेर्देशन दिएको छु
तिमीसँग मेरो अतीत छ
इतिहास छ
धेरै कुरा छ बुझेको छु ।

मेरी प्रेयसी !
तिमी अस्त्र लिएर शहरमा नडुल
म सशस्त्र तिम्रो शहरमा भ्रमण गर्न शुरू गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *