Skip to content

अब सम्बन्ध जोड्नु छ

  • by

अब सम्बन्ध जोड्नु छ, शरीर छोप्ने च्यादरसँग
चिसो रात बिताउन सक्छौ, एउटा स्वीटरसँग!

जब शीतलहर चल्छ,ओत लाग्ने धर्मशाला हो
चिसो लाग्न पहिले जित्न सक्नुपर्छ, डरसँग

मौका देखाएर, पैसामा प्रेम दाजेको होइन !
अब उधारो हिसाबकिताब हुँदैन, सहरसँग

हराएका सामान र मानिस फर्केर आएनन्
कसरी मुकाबिला गर्न सक्छौँ, नजरसँग

बाँच्नु जरुरी थियो, मृत्युले पालो पर्खिरह्यो
तिमी दुखिरहेनछौ, म मरेको खबरसँग

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *