
डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?
सम्विधानमा जति नै जाति र नारीका नारा लेखिए पनि
बढेकै छ बलत्कार, र मारिएकै छ सुनुवार, के गर्नु?
त्यो गैरजिम्मेवार अस्पतालले दबाइ नै गरेन मलाई
भाइरस हैन खास, लागेको थियो बुखार, के गर्नु?
यो माया दिनु भनेकै कसैलाई मुटु सुम्पिनु हो
हरे यार आफैलाई मारेर अरुलाई प्यार, के गर्नु ?
मेरी प्रेमिकाको व्यहवार, गतिलो छैन, छँदै छैन
छन् त छ नि उनको पनि हँसिलो अनुहार, के गर्नु ?
घर आग लागि भएरै सकियो, तर ऊ चुपचाप हेरिरह्यो
सायद मान्छे हैन त्यो जनावार थियो जनवार, के गर्नु
कोरोनाको दबाइ नभएरै मान्छे मरेर गयो! हार भयो
विज्ञान बनाएर यति धेरै आणविक हतियार, के गर्नु?
✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग
