मेरो सपनाको आकासमा

मेरो सपनाको आकाशमा उड्ने वायुयान आएन
पानी थिएन सायद समुद्रमा गुड्ने विमान आएन
मैले सपना देखेको छु र केपिको जस्तै कविता पनि
लेखेको छु तर मलाई उसको जस्तो उखान आएन

मेरो सपनाको आकाशमा उड्ने वायुयान आएन
पानी थिएन सायद समुद्रमा गुड्ने विमान आएन
मैले सपना देखेको छु र केपिको जस्तै कविता पनि
लेखेको छु तर मलाई उसको जस्तो उखान आएन

वन पिस र टु पिसमा फरक छ
राम्री म्याडम र मिसमा फरक छ
स्वाभिमान कतै डगमगाएको त छैन
झुक्ने त्यो ईमान र सीसमा फरक छ

ए ! जिन्दगी यो हार कतिञ्जेल चल्छ ?
खै घाटाको व्यापार कतिञ्जेल चल्छ ?
दुःख छ, पीडा छ, अभावले बेचैन मन
सोध्छौ आँखा असार कतिञ्जेल चल्छ ?

सधैँ पानी झर्छ र त नल जस्तै लाग्छ
यो आँसु पनि खै किन भल जस्तै लाग्छ
जहिले पनि मनको फोहोर बढारेर ल्याउने
आजभोलि आँखा पनि ढल जस्तै लाग्छ ।

निल्नु अगावै घाँटी अनि चपाउँदा दाँत याद गर
र बोल्दा जहिल्यै पनि आफ्नो औकात याद गर

हुनेलाई के थाहा छ तिम्रो भाव सस्तो हुँदो रैछ
तिम्रो यौटै काखमा संसार पाए जस्तो हुँदो रैछ
एक घुटको दूध सम्झेर पाठीलाई टुलुटुलु हेरी
म बुझ्न खोज्छु आमाको माया कस्तो हुँदो रैछ !
त्यो अर्कैको थियो मेरो भाग्यमै थिएन त म के गरूँ
मेहनत गरेकै हो समयले साथ दिएन त म के गरूँ ?

ठुलो दरबार छ मेरो दिलमा घर छ
केछ आउछौ मलाई तिम्रो अभर छ
मैले यस्तो भने भने तिमी के गर्छौ नानी
तिमीसँगै जिन्दगानी, बिताउने रहर छ

किन जिन्दगी रहरभन्दा नि कर हुन्छ
भूत सताउँछ भविष्यको सधैं डर हुन्छ
बिग्रदैमा सबै कुराको महत्त्व घट्दैन
नाम बिगारेर लेखेसी नै हस्ताक्षर हुन्छ

लाख आओस जीवनमा मात्रै तिमी खास हुनेछ
दुखसुख जस्तो होस यो मनमा तिम्रो बास हुनेछ

जस्तोसुकै भए पनि जिन्दगीको डुङ्गा फेरिन्न
काँडासँगै हुर्किएर सुन्दर फूलको थुङ्गा फेरिन्न
तिमी मेरो साथ लागेर बिग्रेँ भन्छौ महोदय किन
हेर्नुस् पानीसँगको सङ्गतले कैल्यै ढुङ्गा फेरिन्न ।

खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्
म घरमै साग र सिस्नु खाएर कहाँ म अघाउँछु
नदी बिर्सिएर पानी प्युन मरुभूमिमा म आउछु

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठुलो ब्याधा कहलिन्छन् ।
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने भ्रमको प्यादा कहलिन्छन् ।

जुन सिरानीमा निदाउँछु, त्यही खोज्छ शीरले पनि!
जसको छातीमा रमाए, त्यही खोज्छ शरीरले पनि!

जब तिमी बोल्छौ त्यसको घाउ वाणभन्दा दर्दनाक लाग्छ
तिम्रो कपट नीति अन्न खाने कीराझैँ खतरनाक लाग्छ ।
कथनी र करणी बेग्लै तिम्रो छेपारे रङ देख्दा मलाई त
थुकेको थुक चाट्नु परेझैँ जीवनभरकै बढता सर्मनाक लाग्छ ।