Skip to content

मौनताले हजार शब्द

  • by

मौनताले हजार शब्द बोलेको आभास भयो।
जस्को निम्ति दिल धड्कन्छ,उस्कै खास भयो।

सँगै रहेर पनि साथ छैन भने, यसरी जान्नुस्!
शरीरलाई चाहिँदा लिने र फ्याँक्ने सास भयो।

ए बादल, म तिमीसँग सन्देश पठाउन चाहन्थे!
धर्तीमा बरालिदैछु, जब गन्तव्य आकाश भयो।

आँखा चिम्लेर, विश्वास गरेर सुकाएको बिस्कुन
सपनाको एक बहाव उडाई लैजाने बतास भयो।

जिन्दगीको वास्तविकता यहीँ रहेछ बुझ साथी!
जस्ले नराम्रो चाहन्छ,हो उसैको सर्वनाश भयो।

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *