
नगर्नु धेरै नै लोभ गर्नु जीवनको बर्वादी हो
अवश्य एकदिन हामी सबै जाने माथि हो
सडक न्याय माग्छ किन बोल्दैन प्रशासन ?
सायद सत्तामा जो छ ऊ पनि अपराधी हो
कुकुर हु, म जतिनै जिब्रो काटिए पनि भुकिरहन्छु
ओए चोर तैले काट्नु पर्ने त खास मेरो यो घाटि हो
बिन्ती गरीब र दलितलाई जनवारको जस्तो
व्यवहार नगरियोस ऊ पनि मान्छेकै प्रजाती हो
के थहा मलाई पछाडिबाट प्रहार गर्छ भनेर?
मैले त सम्झिएको थिए जरुर ऊ मेरो साथी हो
भ्रष्टचार गर्नेहरू रातरात भ्रष्टचार गरिरहेछन
सरकार भोकमारी लागेर मर्ने त आखिर हामी हो
थमेल घुम्छु तर बाचुन्झेल बिहे गर्दिन
बिहे गरेर पनि आखिर गर्ने त त्यही हो
उसले भन्यो डन हु म जे पनि गर्न सक्छु
जेल जादिन मेरो बाउ कानून ब्यहवसायी हो
नगर्नु धेरै नै लोभ गर्नु जीवनको बर्वादी हो
अवश्य एकदिन मरेर जाने त सबै माथि हो
बिद्रोही कवि सुजन बुढाथोकी
