विविध-विधा
आलोचना गर्ने बानीले

आलोचना गर्ने बानीले सम्बन्धमा, धमिलो बनाउँछ।
जसरी आफ्नैं चप्पलले पनि शिरमा, हिलो बनाउँछ।
चार मुक्तक (भाग्य रेखा केर्न मिले)

१)
भाग्य रेखा केर्न मिले केरिदिन्थेँ आफै
देशको सीमा अँगालोमा बेरिदिन्थेँ आफै
जबरजस्ती लादिएका नियम कयौँ सम्बन्ध नि
फेर्न मिले निर्धक्क सब फेरिदिन्थे आफै ।
हजारौ भेटिन्छन

हजारौ मान्छे भेटिन्छन जीवनमा सबै हराउँछन्
लाखौको यो भीडमा मात्र एकले मन पराउछन्
भमरा हुँ म
आऊ हात समाऊ

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन
मुक्तक (प्राकृतिक प्रकोप)
हरेक वर्ष प्राकृतिक प्रकोपले नेपाल भूमि रुँदैछ
रोगसँगै वर्षा अनि बाढी भेलले झन पीडा हुँदैछ
यहाँ गाउँवस्तीहरू आपत बिपत्तिमा फसेका छन
नेपाल भूमिमा यो कस्तो विपत्तिको घेराले छुँदैछ
कुकुर भुक्थ्यो

कुकुर भुक्थ्यो, भुक्छ र फेरि भुकेको देखें
दुलो भित्र सर्प लुक्थ्यो आज लुकेको देखें
साँझको दियो अझै

साँझको दियो अँझै केही बेर, बल्न दिनुपर्छ
तिमी आगो हौ मैनलाई पनि, जल्न लिनुपर्छ
हरेक घडीलाई, कहिलेकाहीँ सच्याउनुहोला
जिन्दगीलाई जिन्दगी जसरी, चल्न दिनुपर्छ
धनले सुख मिल्दैन

धनले सुख मिल्दैन तापनि पछि दगुर्छ मान्छे
भुलेर सेवा हिं परमो धर्म आफै हसुर्छ मान्छे
मेरो कुकुर

खुशी भए भुक्छ मेरो कुकुर
दुखी भए भुक्छ मेरो कुकुर
सबेरै उठ्छ रुन्छ कराउँछ
मलाई देखे नुघ्छ मेरो कुकुर
त्यो उदाङ्गो आकाश
त्यो उदाङ्गो आकाश गरीबको घर धुरी हो
यो समय र सरकार कति सार्हो निष्ठुरी हो
मुक्तक (परिस्थिति फेरियो)

हिजो गनसँग वनमा थियौँ
सबै सबैका मनमा थियौँ
परिस्थिति फेरियो दरबारमा पसियो
यसैले लुटेर ल्याएका धनमा छौँ ।।
मुक्तक (परदेशबाट)
गएको छोरो आउँछ आउन्न परदेशबाट
घरको छानो छाउँछ छाउन्न परदेशबाट
कयौं सपना सङ्गालेर जान त गयो छोरा
साहुको ऋण तिरिन्छ तिरिन्न परदेशबाट
तीन मुक्तक (लास गन्दै बस)

१)
अरुहरू टुप्पोमा पुगिसके, तिमी आकाश ताकी बस,
अरुले बगर पनि मिचिसके, तिमी नारा लाउँदै बस,
वीरको सन्तान भनेर कति नाक घोक्राउँछौ, तिमी
अरुले विजय पताका फहराइसके, तिमी लास गन्दै बस ।
चार मुक्तक (नेताज्यूको चर्तीकला)

कोही पद कहीं खानाका लागि सडकमा आए
दिन होस् या रात सडकभरि नारा जुलुस लाए
विश्वमा अचम्मको देश बन्यो हाम्रो नेपाल पनि
नेताको के कुरा सरकार नै उत्तरदायित्व गुमाए
आऊ हात समाऊ

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन



