Skip to content

बाल कविता

होली

आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी

नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।

लेखनाथको पिँजडाको सुगा

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
तितो छ यो भाग्य सकिन्न जानी
मेरो छ बेग्लै नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
सर्वत्र यो मानवको समाज ।।

पुसे पन्ध्र लमाउने

पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

बाक्लो-बाक्लो लाइन्छ
तातो-तातो खाइन्छ
दिक्क मान्नु पर्दैन
आगो ताप्न पाइन्छ
किन जिउ कमाउने ?
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने

ArjunDulal

म बालक हुँ

म त सिक्दछु ज्ञान नयाँ पनले
गर प्यार सधैं भरनै सबले
ममता मनमा म सजाउँदछु
अति तिक्ष्ण छ बुद्धि म बालक हुँ

म रमाउँछु है सब बालपना
म बनाउँछु है अँझ खेल नयाँ
अब सिक्नुछ है अँझ ज्ञानहरू
मन निश्चल छन् म त बालक हुँ

हरिण मामा र सारौँ भाञ्जी

सारौँ :
हरिण मामा, हरिण मामा कता जाने हो ?
मलाई शिरमा बोकी बोकीसँगै लाने हो ?

हरिण :
जान हुन्थ्यो भाञ्जी तर नलगाऊ कर
टाउकोबाट भुइँमा तिमी खस्छ्यौ भन्ने डर

AshmaAryal

तिमी राम्रो बन

कसले केके भन्छन् यहाँ
सबको आफ्नै मन
एउटा कुरा भन्छु म त
तिमी राम्रो बन ।

बोली फरक विचार फरक
सबको आफ्नै भावना पनि
स्वीकार गर सबैसबैलाई
थरीथरीका फूल ठानी ।

कल-झगडा

एक्कै छिन् त सुन्दा पनि भएँ झसँग
मेरा बाले कल गरेछन् तिम्रा बासँग

हाम्रो बीचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल झगडा
नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै’छ र हो तिम्रा बासँग ?

यतै आऊ पुतली (बालकविता)

फूलैफूलले घेरेको
लहराले बेरेको
चियाएर पुतलीले
आँखा डुलाई हेरेको

सानो भाइ आएर
फूलबारीमा टेकेछ
फूल हो कि पुतली
उस्तै–उस्तै देखेछ

भुर्र चरी (बालकविता)

चारो टिप्न कुखुरा त्यो दौड्यो हेर खुर्र
कुखुरा’ नि चरी नै हो उड्छ भुर्र–भुर्र

चरीजस्तै उड्न पाए जहाज किन चाहिन्थ्यो ?
एकै छिनमा गइन्थ्यो कतै एकै छिनमा आइन्थ्यो
चरीले झैँ गाउन सके गीत गाउँदै हिँड्थेँ
चरी तिम्रो लय–भाका किन्न पाए किन्थेँ

ठुलो एकादशीमा (बालकविता)

फूलको थुँगा घुसारी फूलकै रसीमा
लट्ठो तार्न जान्छु ठुलो एकादशीमा

आमालाई सोधेर बालाई सोधेर
लट्ठा बाट्ने बाबियो ल्याउँला खोजेर
सयपत्री टिपेर माला उन्ने हो
माला उन्दै रमाउँदै भजन सुन्ने हो

भँगेरी

पर्खिबस्छु तिमीलाई नै आऊ न भँगेरी
छरिदिन्छु चारा मैले खाऊ न भँगेरी
चुँचुँ गर्नै स्वरै मीठा तिमी सानो साथी
गर्दैनौ कुनै बिगार कति छौ है जाती ।

नआउँदा आँगनीमा खल्लो लाग्दछ
तिमीलाई हेरी बस्दा भोक नै भाग्दछ
चुँचुँ गर्दै मीठो गीत गाउँ न भँगेरी
तिम्रै माया लाग्छ मलाई आऊ न भँगेरी ।

खुत्रुकेको पैसा (बालकविता)

यति राम्रो खुत्रुकेमा कति स्यानो दुलो
चाहिँदाखेरि झिक्न मिल्ने हुनुपर्थ्यो ठुलो

पैसा राख्न सजिलो छ स्वाट्टै भित्र पस्छ
घोप्ट्याउँदा नि खस्ने होइन भित्रै मात्र बस्छ
रहर गरी पैसा राख्यो अहिले भइयो फुस्सै
पैसा चाहिँदा नपाएर भएको छु ठुस्सै

अम्बाको डाली (बालकविता)

‘स्यानी’ भन्ने नामले
डाकिन् स्यानी आमाले
‘अम्बा खोज डालीमा
राख अनि थालीमा’

अन्तर–कुन्तर केलाइछन्
मनमा कुरा खेलाइछन्
‘अम्बा भए डालीमा
ल्याउँथेँ मैले थालीमा’

परी

सबैभन्दा राम्री छिन् है मेरी प्यारी नानी !
मीठोपीठो जे पाए नि खुरुखुरु खानी
सबैलाई दयामाया सहयोग गर्ने त्यस्तै
लाग्छ मलाई मेरी छोरी परी हो कि जस्तै ।

मक्ख परिछन् (बालकविता)

उफ्रिएर सुष्माले स्पाइक् गरिछन्
लिफ्टर भा´की बबिना मक्ख परिछन्

विपक्षीलाई जैले नि पेल्न सिपालु
राधा बहिनी भलिबल खेल्न सिपालु
करिनाले सजिलै जाली कटाउँछिन्
जताबाट आयो बल त्यतै पठाउँछिन्

गोपी दाइको टोपी

हाम्रा प्यारा स्यान्दाजै
नाम यिनको गोपी
साह्रै राम्रा देखिए
पैह्रिएर टोपी

अरू टोपी भन्दा त
ढाका सक्कली
टोपी लाउँदा मामा र
काका सक्कली

स्कुल जान्छु झट्ट

काइँयो लिई फोरेर कपालका लट्टा
सफा हुन्छु नुहाउँछु स्कुल जान्छु झट्ट

नयाँ लुगा लगाई भई चिरिचट्ट
जुत्ता मोजा लाएर स्कुल जान्छु झट्ट

रमाइलो गाउँ

डाँडामाथि हिमाल छ डाँडामुनि गाउँ
मलाई पनि त्यै गाउँमा लाग्यो जाऊँ–जाऊँ

गल्लीवारि मुखियाको खरले छा’को घर छ
गल्लीपारि चौतारी छ पीपल र वर छ
यता जिम्माल बाको टौवा त्यता घैया बारी
हरियाली जङ्गल छन् खोलाभन्दा पारि