Skip to content

घाम लाग, घाम लाग


घाम लाग, घाम लाग
बादल छिटो भाग न
जाडो भो ठिहिर्यायो
आऊ न घाम आँगन

हेर न नाना हाम्रो
फाटेको छ बेसरी
लुक्यौ भने तिमी
घाम तापौँ कसरी ?

भोक लागे खाना छैन
न जाडोमा नाना
छुन पनि पाएनौँ नि !
कपीका ती पाना

बुझिदेऊ न कुरा सबै
हाम्रो दुःख जानी
आऊ न घाम यता आऊ
रमाइलो मानी ।

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *