आऊँ हामी होली खेलौँ एकजुट बनी
रङ्ग मात्र दलौँ सबलाई आफ्नो भनी
नसमाऊँ लोला अनि प्लास्टिकका पोका
त्यस्मा पानी छ्याप्दा त धेरै देखेँ रोका ।
खेलौँ होली ठुलाबडा साथीभाइसँग
हामीहरूको मर्यादाले पर्छन् नि दङ्ग
भूली सबै रिसराग खेलौँ हामी होली
आज राम्रो काम गरे राम्रै हुन्छ भोलि
होरी रे है होरी रे रङ्गहरूको पर्व
यस्तो राम्रो पर्व देख्दा लाग्छ नि है गर्व ।
ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ ।