Skip to content

बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो

  • by


बगाएर तिम्रो खातिर आँसुहरू खून जस्तो
बल्झिएर सबै मुटु ओइलिएको जून जस्तो

धेरै भयो हाँस्न छोडे गोरेटोका चापहरू
होइन होइन जीवन पनि कस्तो बिना नून जस्तो

उदास उदास गल्लीहरू चौबाटोमा कति कुर्नु
कसो कसो नबिर्सिने पिरतीको धुन जस्तो

त्यसै त्यसै तिम्रो खातिर बिना अर्थ कति दुख्नु
दया गरी लगाएको म माथिको गुन जस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *