जोडी जोडी चार कुना मिलाउदैछु रातभरि
धुजाधुजा भो यो मन सिलाउदैछु रातभरि
जलेको मनमा हजुर,शित भै आउनुभो
अब चिसो भिजेको मुटु,सुकाउदैछु रातभरि
राम्रो कुरा नि,दुनियाको आंखा लाग्ने
मेरो माया सिरानमुनि, लुकाउदैछु रातभरि
हाम्रो नाता हजुरले, उहिले हो चुड्नुभाको
मा अँझै बांधिएको मन्, फुकाउदैछु रातभरि
माया भन्नु पनि एक खेल हो रे दिनेश
झुक्किएर न पल्टिएलाकी पासा, गुडाउदैछु रातभरि
झक्कास् गयो नि हो! जनवरीमा
झक्कास् गयो नि हो! जनवरीमा ओमोरीमा पाठ गर्या गजल नै हो?