Skip to content

Trichandra

amazing_tree

संसारमा भएका अनौंठो रुखहरू

यस धरतीमा रुख बिरुवाको के कति महत्त्व र आवश्यक छ, त्यो हामी सबैलाई थाहा भएकै कुरा हो तर यही धरतीमा भएका अनौठो र उपयोगी गुणकारी रुख हालसम्म पनि आम मानिसले उपयोग गर्दै आइरहेका छन् । त्यसमध्येमा पनि आश्चर्यलाग्दो अनौठो रुख पनि छन्, जुन हाम्रो कल्पनाको संसारबाट टाढाको कुरा हुन सक्छ । यस्तै अनौठो रुखको बारेमा यहाँ चर्चा गर्दैछु ।

१. सर्वत दिने रुखः अस्ट्रेलियाको क्विसल्यान्ड सहरमा एउटा विशाल रुख छ, जसको आकार बोतल जस्तै छ । यस्को उचाई १५ मिटर र फेदको मोटाइ ८ मिटर छ । यस रुखको फेदमा काटेर हेर्ने हो भने यसबाट सर्वत जस्तै मीठो र स्वादिष्ट रस निस्कन्छ ।

ढुसी के हो ? कसरी लाग्छ ?

नेपाली शब्दसागरमा ढुसी शब्दको अर्थ ”ओस वा चीसो लागेर चीजबीज सड्दा झुस्स उम्रने वा ढुस्स फुलेको देखिने सेतो खालको भुवा वा झुस, ढुँडी” भनेर उल्लेख गरिएको छ । आखिर के हो त ढुसी ? ढुसी फन्जाइजगत्मा पर्छ, जसमा पीठो जस्तो देखिने पीठो ढुसी, च्याउ, बोटबिरुवामा पर्ने ढुसी, यिष्ट लगायत एक लाख भन्दा बढी प्रजाति पर्छन् ।

स्वास्थ्य र समृद्धिको प्रतिक रुद्राक्ष

नेपाली शब्दसागर शब्दकोशमा रुद्राक्ष शब्दलाई ‘लामा-लामा हरिया केशर हाँगामा-फूल सेता हुने स्याउले एक ठूलो जातको रुख र त्यसैको साना ओखर वा तिमिला खाले काँडे फल ।’ भनेर परिभाषित गरिएको छ ।

रुद्राक्षलाई हाम्रो गाउँघरमा दाना भनेर पनि चिनिन्छ । धार्मिक महत्त्वको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ ।

माछाहरूको संसार कति बिचित्र

नदी नाला, ताल तलैया र महासागरमा पाइने माछा विभिन्न आकार र प्रकारका साथै रङमा पाइन्छ भने मानिस माछालाई सौखका रूपमा एक्युरियममा समेत पाल्ने गरिन्छ । माछा ज्यादै नुनिलो पानीमा बस्न सक्दैनन्, त्यसैले मृतसागरमा माछा पाइँदैन । केही प्रजातिका माछा न्यानो ठाउँमा बस्न रुचाउँछन् भने केही प्रजातिका माछा चिसो उत्तरीय ध्रुवका समुद्रमा बस्न रुचाउँछन् । माछा २६ हजार फिटभन्दा पनि गहिरो ठाउँमा समेत सजिलै बाँच्न सक्छन् ।

माछाले आफ्नो शरीरको तापक्रम वातावरणसँग सुहाउँदो बनाउन सक्छन्, माछाले फुल्का (Gils) द्वारा सास फेर्छन् । माछा र पृथ्वीबीचको सम्बन्ध ४ अर्ब ५० लाख वर्षभन्दा पुरानो मानिन्छ । वैज्ञानिकहरूले हालसम्म २२ हजार भन्दा बढी प्रजातिका माछा पत्ता लगाइसकेका छन् र हरेक वर्ष नयाँनयाँ प्रजातिका माछा पत्ता लाग्ने क्रम जारी छ । यस्तै संसारमा भएका अनौठो माछाको बारेमा केही जानकारी लिने हैन त ?

१. प्रकाशपुञ्ज बोकेर हिँड्ने माछा

हिन्द महासागरमा पाइने एकप्रकारको एनोमालेप्स क्याटोप्ट्रन नामक माछाको आँखाको तलपट्टि एक प्रकारका प्रकाश लिएर डिँड्छ । समुद्रको अँध्यारो गहिराइमा सो प्रकाशबाट आफ्नो मार्गलाई सजिलै पत्ता लगाउन सक्दछ तर त्यो प्रकाश दिने प्रकाशपुञ्ज पनि कुनै निर्जीव साधन नभई विभिन्न प्राकृतिक कारणवश यसको ठीक आँखामुनि झुण्ड बनाएर बस्ने र माछासँगै टाँसिएर यात्रा गर्ने प्रकाशमान जीवणुको ठूलो समूहमध्ये एक सानो झुण्ड हो ।

क्यालोरीले धानेको जीवन

क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलकोको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महìवपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।

मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।

TriChandraPratikshya

परम्परादेखि चल्तीमा छ कौडी

संसारमा कौडीको अस्तित्व कहिले प्रकाशमा आयो ? यो भन्न मुस्किल छ । प्राचीन कालदेखि नै मानिसको साथ यसको घनिष्ट सम्बन्ध रहँदै आएको छ । कौडी हाम्रो धार्मिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक जीवनको अनेक पक्षहरूसँग जोडिएको छ । मानिस यसलाई पूजा गर्ने गर्दछ भने यसबाट मनोरञ्जन पनि लिने गर्दछ यसबाट जुवा खेल्ने गरिन्छ भने औषधि पनि बन्दछ । यसले सजावट गर्ने गरिन्छ भने शृङ्गार पनि गर्ने गरिन्छ तर यसको सर्वाधिक उपयोग विनियम प्रणाली (लेनदेन) लाई सजिलो बनाउनका लागि गर्ने गरियो । यही कारण हो कि संसारभरिमा जहाँ जहाँ ऐतिहासिक उत्खनन भएको छ, त्यहाँ कौडीहरू अवश्य पाइएको छ ।

प्राचीनकालदेखि नै कौडी सिक्काको रूपमा चलिरह्यो । एक समय यस्तो थियो, जब विनिमयका लागि मुद्राको रूपमा कौडी नै प्रचलित थियो । प्राचीनकालमा जब धातुका सिक्का प्रचलनमा थिएन, तब व्यापार, विनिमयमा कौडीहरूको ठूलो महत्त्व थियो । त्यस समयमा पूरै संसारका व्यवसायमा कौडीहरूको प्रयोग मुद्राको रूपमा गर्ने गरिन्थ्यो । यसको सबैभन्दा ठूलो प्रमाण छ कि कौडीको स्थानमा धातुको सिक्का चलेर पनि मुद्राको रूपमा कौडीको अस्तित्व केही समयसम्म रहिरहृयो । अफ्रिकाको धेरै जस्तो भागहरूमा १९ औँ शताब्दीको मध्यसम्म कौडी प्रमुख मुद्रा थियो । त्यहाँका राजा ‘क्युरियामा’ को वाषिर्क आय ३ करोड कौडी थियो । नास्सावामाका राजाले आफ्नो जमीन एक अफ्रिकी कम्पनीलाई ३ लाख कौडीमा दिएका थिए । सन् १८६० मा त्यहाँ ५ कौडीले एउटा अण्डा र ३० कोसा केरा पाइन्थ्यो । त्यहाँका ‘इभ’ जनजातिका मानिसहरू लासलाई माटोमा गाड्दा साथसाथ कौडीहरूले ढाकिदिन्थे, ताकि मृतक कसैको भएमा त्यसले उक्त कौडीहरूबाट असुल गर्ने गरिन्छ भन्ने धारणा छ । यस्तै मिश्रमा मृतकको आँखाको ठाउँमा कौडी लगाइदिने गरिन्छ, किनभने कौडी खुल्ला आँखा जस्तै देखिने भएको हुनाले मिश्रबासीहरूको विश्वास छ कि मृतकको आँखामा कौडी राख्नाले दुष्ट आत्माहरू भाग्दछ ।

भ्यालेन्टाइन डे संस्कृति कि बिकृति ?

प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ ।

नरिवलको महिमा

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।

रङ्गहरूको पनि हुन्छ भाषा

तपाईंको मन मस्तिष्कमा कुनै बोझ छ कि ? चाहेर पनि तपाईं आफ्नो तनावबाट मुक्त हुन सक्नुभएको छैन कि- त्यसो हो भने पनि कुनै समस्यै छैन ।

लिनुहोस् हातमा रङ्ग र पोत्नुस् ब्रस कागजमा आफ्नो सपनाको संसार । हेर्दा हेर्दै तपाईं रङ्गको संसारमा हराउनु हुन्छ र तनाव टाढा हुन्छ ।

धुमपानः विद्वानहरूका केही उद्गारण

नेपालमा प्रत्येक वर्ष धुमपानरहित दिवस मनाइएता पनि चुरोट उत्पादनमा कमी आएको देखिँदन । वर्षेनी चुरोट उत्पादनमा वृद्धि हुनुले बताउँछ कि हाम्रो देशमा धुमपान गर्नेको सङ्ख्या बढ्दैछ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि धुमपान छोड्न चाहदैनन् किन ? यो प्रश्न हाम्रो सामु ठूलो चुनौतीको रूपमा खडा छ ।

सर्प हानिसँगै फाइदा

हाम्रो समाजमा सबै सर्प विषालु हुन्छन् र त्यसले डस्यो भने मरिन्छ भन्ने सर्पलाई देख्ने वित्तिकै मार्ने र धपाउने गरिन्छ । सबै सर्प विषालु हुँदैनन् । एक तथ्याङ्क अनुसार विश्वमा करिव ३ हजार पाँच सय थरिका स

Trichandra shrestha

चंगा उडाउने रीतिरिवाज

चङ्गाको आविष्कारक चीनलाई मानिन्छ चङ्गाको इतिहास खोज्दै जाँदा गौतम बुद्ध जन्मनुभन्दा चार/पाँच सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । स्न ७१३ मा लेखिएको एक पुस्तकमा चीनका गोङ्ग सु-वानले काठ र बा

नवविवाहित दम्पती र मानसिक असन्तुष्टि

विवाह आखिर जति सुकै पछि नै गर्नु परँे पनि प्रत्येक किशोरकिशोरीहरूले पहिले नै आफ्नो भावी जीवनसाथी यस्तो होओस् भनी सोचिसकेका हुन्छन् । अतः प्रत्येक किशोरले एक सुयोग्य पत्नी र प्रत्येक किशोरीले एक आदर्श पुरुषको कल्पना गरेको हुन्छ । कल्पना गरेअनुसार तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्नको लागि कोसिस पनि गर्दछ तर सोचेअनुसारको प्रायः कोही नभएको पाइन्छ ।

नेपाल शब्दकोशको सुरुवात कहिलेदेखि?

नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् ।

चीनसँग नेपालको युद्ध हुँदा इष्ट इण्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए । केही समयपछि उनी फर्केर गए । वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर ‘अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालको भनाइ छ ।

Trichandra

निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्

विगत पाँच वर्षअघिदेखि धापासी बस्ने ३५ वर्षिया रामबहादुर बानियाँलाई राती पटक्कै निद्रा लाग्दैन, त्यसैले उपचारार्थ शिक्षण अस्पताल धाइरहेका छन् । यस्तै भर्खरै ११ कक्षामा भर्ना भएकी अनामनगरकी १६ वर्षिया स