Trichandra
माघे सङ्क्रान्तिको महत्व
नेपाली समाजमा प्रचलित कुनै पनि किसिमको चाड पर्वका परम्परामा धर्म र संस्कृतिको विविध पक्ष अन्तर्निहित रहेको हुन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहीआएको छ । माघ महिनाको सुरुवातको दिन अर्थात् माघ १ गतेको दिन मनाइने ‘माघे सङ्र्क्रान्ति’ पर्वलाई ‘मकर सङ्क्रान्ति’ को नामले चिनिन्छ ।
नोबेल पुरस्कार कसले गरे अस्वीकार? किन गरे अस्वीकार??
नोवेल पुरस्कार विश्वकै सबभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यो पुरस्कार पाउनु कुनै व्यक्तिको लागि ठूलो सम्मानको कुरा हुन्छ । तर्सथ नोबेल पुरस्कार भन्ने बित्तिकै सबैको ध्यान तानिन्छ । प्रत्येक वर्षो अक्टोबरमा घोषणा हुने गरेको नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेल वसियत अनुरुप गरिएको हो । नोबेल बारुद र अन्य शक्तिशाली विस्फोटनहरूका आविष्कारकका साथै ठूलो औद्योगिक साम्राज्यको स्वामी हुनुहुन्थ्यो । रसायनशास्त्रमा रुची राख्ने अल्फ्रेडले नाईट्रोग्लीसरिन नामको विस्फोटक पदार्थको उत्पादन गर्नुभयो । करिव २० राष्ट्रहरूमा एक सयको हाराहारीमा विस्फोटक पदार्थ बनाउने उद्योग खोलेर अपार सम्पत्ति कमाउनु भयो । उहाँका ती आविष्कारले मानवकहितभन्दा विनाश बढी गर्यो ।
मेरो साथीः अतित
मायालुले चुमेका ति ओंठ र औंलाहरु
हिजा जस्तो लाग्छ तर सपना पो भईदिएछ,
आँशुले छेकेका ति पाईलाहरु भर्खरै लाग्छ
तर औंला गन्दा कता कता अतित भईदिएछ ।
…..त्यसैले ए मेरा साथी, ए मेरा अतित
मायालुलाई भेटी एक चोटी आईदेउ,
छिट्टै रिसाउने अनि फेरी हाँसी दिने उनको बानी
रुँदै पो छिनकी हाँसी पो रहेकी छन् त्यो खबर ल्याइदेउ ।।
कता हो कता मुग्लान देशमा लाहुरेको विपत्ता
तिम्रो साथ रहँदा जे विराए पनि दिनेथ्यो माफ त,
यहाँ आए पछि काम विराएँ भने माफ छैन अब त
बरु भनेको काम नगरे वापत जागिरै जफत ।।।
…….त्यसैले हे मेरा साथी, हे मेरा अतित
मायालुको देश स्वदेशमा गएर
विवशता
ऊ सार्है थाकिसकेको थियो, आफ्नो बेरोजगारीसँग । बिहानदेखि काम खोज्दाखोज्दै साँझ भोक आक्रोशमा परिवर्तित भयो । केही गर्ने विचारले ऊ टुकुचानेर एउटा अँध्यारो गल्लीमा बस्यो । आधाी रातपछि एउटा आकृति छिटोछिटो हिँड्दै गरेको देखियो । ऊ सजग भयो ।
उसले त्यो आकृतिलाई पछिल्तिरबाट डाक्यो । त्यो एउटी आइमाई थिई । उसले त्यो आइमाईको मुखमाथि हात राखेर बिस्तारै कानमा भन्योः ”आफ्नो इज्जत जोगाउन चाहन्छ्यौ भने भएभरको पैसा, गहना खुरुक्क मलाई देऊ ।”
रक्तदान गर्न डराउनु पर्दैन
विलियम हार्भले सन् १६१६तिर प्राणीमा रक्त प्रवाह हुन्छ भन्ने तथ्य पत्ता लगाएका थिए भने सन् १८१८मा बेलायतका डा. जेम्स् ल्वेन्डले मर्न लागेको एक बिरामीलाई मानिसको रगत संचार गराउने प्रयास गरे । सन् १९००मा अष्ट्रियाका डा. कार्ल लेन्डस्टेनरले A, B, C, रक्त समुह हुन्छ भन्ने पत्ता लगाए भने सन् १९१४मा बेल्जियमका डा. हस्टिनले रगतलाई शरीर बाहिर बोटलमा सोडियम साइटेट रसायनको सहायताले नजम्ने गरी रगत राख्ने तरिका पत्ता लगाएका थिए ।
नेपालमा आत्महत्याको वृद्धि किन ? -त्रिचन्द्र प्रतीक्षा
पत्र-पत्रिकाहरुको पानामा कहिं न कहिं कुनै न कुनै तरिकाबाट आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ- हाम्रो समाजमा आत्महत्याको श्रृंखला । किन यसरी तिब्र गतिमा फैलिरहेको छ? यो सोचनीय र चिन्ताको विषय हो ।
मानिस एक संवेदनशील प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्दैन । जीवनका उतारचढावहरुलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ । विभिन्न किसिमका घटनाहरु मध्ये आत्महत्या अति महत्वपूर्ण घटना हो । आत्महत्या गर्नु आफैंमा एक अपराध हो । तर मानिस किन आत्महत्या गर्न चाहन्छ ! जो कसैमा खुल्दुली हुनु स्वभाविक हो । आत्महत्या कसैको रहर र इच्छाका कारणले हुँदैन । सामान्यतयाः कसैले दिएको मानसिक यातना वा पीडा नै आत्महत्याको कारक हो ।
- « Previous
- 1
- 2
- 3
- 4
- Next »
