तिमीले रुवायौ कविता झरे,
मैले रुवाए तिमीलाई
कविता झरे,
तिमी कसरी झर्यौ झर्यौ कवितामा ?
मेरा कसरी झरे कविता कापीमा ?
म दुखे तिमी पनि दुख्यौ,
तिमी दुख्यौ, म दुखे
यसरी हामी
कविता दुख्यौ,
हामी दुख्यौ
किन दुख्यौ किन दुख्यौ ?
दुखाइ मै दुख्यौ
आखिरमा हामी दुख्यौ कवितामा
फुटेउ आँसु बनेर झरना पोखिएछौ कवितामा
तिमी रोयौ मैले गर्दा
म रोए तिम्ले गर्दा,
कविताका धारा बगेछन
आँसु,
बनेर कापीमा
भारिएछन् कविता, , खालि पानामा
येता म पोखिये, उता तिमी,
अनि दुवै बनेछऊ कवि,
कविता पोखिएछन् कापीमा
मैले रुवाए, तिम्ले रुवायेउ
बगाएछौ कविता कापीमा
दुवै भावुक भएर भावका,
बनायो कवि, लेखायो कविता कापीमा ।
