Skip to content


गर्दैछु आज अनुभूति आफ्नो चिताको
जीवनका ती क्षण आफै सामु उडेको

याद छन् तिमीसँग बितेका ती पलहरूका
तिमीलाई बुझ्ने मेरो चाहनाहरूका
सपनाले बुनेका माया अनि विपनाले ल्याएका संघर्षहरूका

कस्तो अमूल्य छिन त्यो निद्रा सरीको
आनन्द पल थियो जीवन भरिको

आएछ त्यो दिन बिहानी नलिई
गएछ सुटुक्क राततिर साँझै नभई

मेटिनु रहेछ एक दिन- नजानेर के भो ?
छुट्टिनु रहेछ,
कहाँ, कसरी, कैले – नदेखेर के भो ?

गर्दैछु आज अनुभूति आफ्नो चिताको
जीवनका ती क्षण आफै सामु उडेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *