मैले मलाई चिन्न सकिन
तिमीले मलाई कसरी चिन्छौ?
मैले तिमीलाई कसरी पढु
तीमिले मलाई कसरी पढ्छौ ?
आकार सीमा समय पढु कि ?
मन आत्माको पहिचान पढु
कि समुद्र पढु या सीमाना देखु ?
कि जुग जमानाको संसार खोजु ?
दिलको सागर पार गरु कि वार छोडु ?
मैले मलाई चिन्न सकिन
तिमीले मलाई कसरी चिन्छौ ?
चिनारी आफ्नो कसरी बनाउ ?
जीवन सार्थक पहिचान गरौ
म भित्रको भाव चिनेर आफ्नै
रुपमा जिउन सिकू
